बुटवल,असोज ४ ।
पहिरो अवलोकनको क्रममा बुटवलका मेयर शिबराज सुबेदीमाथि भएको दुब्र्यबहार तथा आक्रमणप्रति मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
बुटवल उपमहानगरपालिका वडा न ३ को ज्योतिनगरमा पहिरो अवलोकनको क्रममा मेयरमाथि भएको दुब्र्यबहार तथा आक्रमण हुुनु दुखद एवं निन्दनीय भएको समाजको निश्कर्ष छ ।
समाजका सभापति डिपि खनाल र सचिव कपिल ज्ञवालीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा साे घटनामा संलग्न ब्याक्तिलाइ कानुनी कारबाहिको माग गरिएको छ ।
समाजले अविरल बर्षाका कारण ज्योतिनगरक्षेत्रमा पहिरो गइ हुन गएको क्षतिप्रति दुख ब्यक्त गर्दै तत्काल राहत उद्धार र पुर्नबासको यथोचित ब्यबस्था गर्न आग्रह गरेको सभापति डिपि खनालले बताए ।
शान्ति समाजले बिगत लामो समयदेखि प्राकृतिक ,बिपद ब्यबस्थापनको लागि उद्धार राहत तथा पुर्नबासको प्रभावकारि स्थायी संयन्त्र निर्माण गर्न सरकार समक्ष माग गर्दै आइरहेको सचिब कपिल ज्ञवाली बताए । 

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)