बुटवल,भदौ १३ ।
ढुंगासहितखसेको लेदोले बुटवलका १२ घरमा क्षति पुगेको छ । १९ घर जोखिममा परेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर-३ ज्योतीनगरमा पहिरोले दर्जन घरमा क्षति पुर्याएको हाे। २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेको हो।
पहिरोले बुटवलको गोलपार्कदेखी लक्ष्मीनगर जाने रिङरोडमा क्षति पुगेको छ। आइतबार बिहान ५ बजे चुरेबाट खसेको पहिरोले खिम क्षेत्री लगायत एकदर्जन स्थानीयको घरमा क्षति पुगेको छ। उनले आफूहरू सुतिरहेका बेला ढुंगासहितको लेदो आएपछि भागेर ज्यान बचाएको बताए।
स्थानीयका अनुसार तीन घरमा पहिरो पसेको छ। पहिरो आएको चाडै थाहा पाएकाले मानवीय क्षति हुन नपाएको स्थानीयले बताएका छन्। यहि भदौ १० गते उक्त वस्तीमाथिको चुरेमा पहिरो गएपछि स्थानीयहरू सावधानी अपनाउँदै आएका थिए।पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन्।
बुटवलको वडा नम्बर ३ र ४ माथि रहेको चुरेमा २ वटा ठूला पहिरो खसेको छ। सोही ठाउँमा २०५५ सालमा पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)