बुटवल,साउन १७-
आर एस अटोमोवाइल्सले बुटवलमा सुजुकी एक्सेस बिएस सिक्स बिक्रि शुभारम्भ गरेको छ ।बुटवल–१०,कालिकानगरमा रहेको सुजुकी स्कूटर तथा मोटरसाईकल बुटवलको लागी आधिकारिक बिक्रेता आर एस अटोमोवाइल्सल १२५ सीसीको सुजुकी एक्सेस बिक्रि खुल्ला गरेको निर्देशक रेशम खडकाले जानकारी दिए ।
आज एक समारोहका बिचमा सुजुकी स्कुटरको जीवन अधिकारी,गणेश अधिकारी लगायतले लन्च गरे । आर एसले जापानीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइकतथा स्कूटर बुटवलको बजारमा बिक्रीवितरण गरिरहेको छ ।
भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्ने सुजुुकी एक्सेस स्कुटर नेपालमा पनि मध्यम वर्ग र व्यावसायिक प्रयोजनमा लोकप्रिय भएको उल्लेख गरे । एक्सेस स्कुटरमा आगाडी ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आरामदायी यात्रा हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभर समेत रहेको छ । यसले गर्दा यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको छ ।
हाल नेपाल भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिङ्गल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस ६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधि समेत रहेको हुँदा राम्रो माइलेज आउने कम्पनीको दाबी छ ।
२ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८ दशमलव ७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुबिधाले यसको सजावटमा समेत आकर्षण थपेको छ ।
यसमा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरिएको र किक स्टार्ट दुबै व्यवस्था रहेको छ । २२ लिटर बराबरको स्टोरेज राखिएको स्कुटरमा मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको खड्का जानकारी गराए । दुबै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको तौल १०३ किलोग्राम रहेको छ ।
१६० एमएमको ग्राउण्ड क्लिनर्स भएको हुँदा, यो सेग्मेन्ट मै उत्कृष्ट प्रोडोक्ट भएको कम्पनीको दाबी छ । पूर्ण डिजिटल मिटरको साथमा क्लासिक स्टाईल, ईन्जिन डाइग्नोसिस, ब्याट्रि डाइग्नोसिससहित ट्रिप मिटर तीन कलरमा उपलब्ध रहेको छ । यो स्कुटरको नेपालमा बजार मुल्य २ लाख ५९ हजार ९०० रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)