बुटवल,असार २१-
लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल (नाडा लुम्बिनी)ले स्वागत सम्मान तथा क्यालेण्डर बिमोचन कार्यक्रम गरेको छ। नाडा लुम्बिनीका सल्लाहकारलाई स्वागत कोभिड संक्रमणका कारण ढिलाई भएपनि कार्यक्रम गरिएको
कोभिडका कारण बजार बन्द हुदा अटो ब्यवसायीहरु तत्काल बैँक लोन तिर्न समस्यामा परेको अध्यक्ष गणेश प्रसाद भट्टराईले बताए। बजार खुलेपनि मजदुर ब्यवसायीहरुलाई कोभिड भ्याक्सिन नपाउन समस्या भएको उनले बताए।
यसैगरि अहिलेको भन्सार नीतिकै कारण सामान आयात गर्न समस्या परेको भन्दै यथार्थ बिलमा भन्सार गर्नुपर्ने उनिहरुको माग छ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले एकता नै बल भएको भन्दै निजि क्षेत्रमा लागेका ब्यवसायी एकताबद्ध हुनुपर्ने बताए । विज्ञहरु जुटाउदै निजि क्षेत्रको समस्या उठान गर्ने, अन्तरक्रिया गर्दै सरकारलाई बुझाउने रुपमा संघसंस्थाहरु निरन्तर लाग्नुपर्ने बताए । संस्थागत सहकार्यका लागि आफू तयार रहेको उनले बताए।
साे अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षमा निर्वाचित भएका शर्मालाइ दाेसल्ला मायाको चिनाेले सम्मान गरिएको थियाे । त्यस्तै नाडा लुम्बिनीका सल्लाहकार नेत्र प्रसाद ज्ञवाली, ब्यवस्थापन विज्ञ सल्लाहकार गोपाल पाण्डे, प्रेस सल्लाहकार कपिल ज्ञवाली, स्वस्तिक श्रेष्ठ,नाडा लुम्बिनीका उपाध्यक्ष विजय कुमार गुप्ताले ब्यवसायीको हकहितमा सबै लाग्नुपर्ने बताए ।
महासचिव रोशन पाण्डेले स्थापनाको छोटोसमयमा ब्यवसायीहरुको हकहितका लागि धेरै रचनात्मक कार्यक्रम गरेको बताए। रुपन्देही जिल्लामा ८ सय बढि र लुम्बिनी प्रदेशमा २ हजार बढि अटो ब्यवसायीहरु रहेको उनले बताए।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)