Logo बिहिवार, आश्विन १ गते २०८३
images

नाडा लुम्बिनीले स्वास्थ्य मन्त्री श्रेष्ठलाइ बुझायो ज्ञापनपत्र,श्रमिकका लागि खोप उपलब्ध गराउन माग

नाडा लुम्बिनीले स्वास्थ्य मन्त्री श्रेष्ठलाइ बुझायो ज्ञापनपत्र,श्रमिकका लागि खोप उपलब्ध गराउन माग

  • 3.4K
    SHARES

  • नाडा लुम्बिनीले स्वास्थ्य मन्त्री श्रेष्ठलाइ बुझायो ज्ञापनपत्र,श्रमिकका लागि खोप उपलब्ध गराउन माग

    बुटवल,असार १५-

    लुम्बिनी अटोमोवाइल्स एशोसिएसन अफ नेपाल बुटवल (नाडा लुम्बिनी) ले लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठलाइ ज्ञापनपत्र बुझाएको छ ।

    कोरोना महामारीका कारण अटोमोवाइल क्षेत्र बढि प्रभाबित भएको र अटोमोवाइल क्षेत्र, वर्कशप, शो रुम तथा स्पेयर पार्टस पसलहरुमा काम गर्ने व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसियनहरु र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोभिड १९ विरुद्धको खोप यथासक्य छिटो उपलब्ध गराई दिने व्यवस्थाका लागि नाडाले प्रदेश सरकारसंग अपिल गरेको हो  ।

    ज्ञापनपत्र बुझाउदै अध्यक्ष गणेशप्रसाद भट्टराइले सरकारले अटो क्षेत्रलाइ प्राथमिकतामा राखेर मजदुरहरुका लागि खोप उपलब्ध गराउन आग्रह गर्नुभयो । ज्ञापनपत्र बुझेपछि प्रदेशका स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले अटो क्षेत्रका सबैलाइ प्राथमिकताका साथमा खोप लगाउने बाताबरण बनाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

    अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस समेत तोकिएको समयमा मात्र खुल्ला हुनेगरी निर्देशिका जारी गरिसकेको भए पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको महासचिब रोशन पाण्डेकोे गुनासो छ ।

    nadaaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology