Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चैतन्य कृष्णको चेतावनी-‘कालीगण्डकी डाइभर्सन राष्ट्रघाती छ,निर्णय फिर्ता लेऊ’

चैतन्य कृष्णको चेतावनी-‘कालीगण्डकी डाइभर्सन राष्ट्रघाती छ,निर्णय फिर्ता लेऊ’

  • 6.5K
    SHARES

  • चैतन्य कृष्णको चेतावनी-‘कालीगण्डकी डाइभर्सन राष्ट्रघाती छ,निर्णय फिर्ता लेऊ’

    बुटवल,असार १७-

    कालीगण्डकी डाइभर्सन राष्ट्रघाती काम भएको श्रीकालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले जनाएको छ ।

     प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णले एक बिज्ञप्ति जारी गर्दै कालीगण्डकी-तिनाउ डाइभर्सन राष्ट्रघात हुने भन्दै यो निर्णयलाई अविलम्ब फिर्ता लिन सरकारसँग जोडदार माग गर्नुभएको छ ।

    अबौँ हिन्दुहरुको आस्थासँग जोडिएको यति गहन विषयलाई किन अगाडि बढाउने प्रयास गरियो यसको स्पष्ट उत्तर दिन पनि सरकारलाइ आग्रह गरिएको छ ।

    Kaligandaki-river.jpg

    विज्ञप्ति हेराैँ:-

    शालग्राम भगवान् सनातन वैदिक धर्मका प्रत्येक केन्द्रमा पुजिने प्राणप्रतिष्ठा समेत गर्न नपर्ने एकमात्र भगवान् हुनुहुन्छ।गण्डकी नदी शालग्रामको उत्पत्ति स्थल हो विश्वकै सर्वाधिक महत्वपूर्ण तीर्थस्थल हो र प्राचीन ऋषिमहर्षिहरूको जन्मकर्मतपोभूमि पनि हो । गण्डकी नदी सभ्यता र सृष्टिको भूमि पनि हो । विश्वकै आस्थाको केन्द्र गण्डकीप्रस्रवण क्षेत्रको समुचित प्रचारप्रसार र यहाँ पर्यटकीय पूर्वाधारको विकास गर्न सके नेपाललाई नै समृद्ध बनाउन सकिन्छ। तर घर जलाएर खरानी भने झैं यस्तो आदिम सभ्यतालाई विनाश पारेर प्रभावित तटीय भूमिपुत्रहरूको बेवास्ता गरी गण्डकी क्षेत्रकै लाखौं एकड कृषियोग्य भूमिको सिञ्चाइ नगरी खरबौं खर्चेर अन्यत्रै डाइभर्सन गरेर लानु राष्ट्रघात हो भन्ने हामीलाई लागेकोले यो निर्णयलाई अविलम्ब फिर्ता लिन सरकारसँग जोडदार माग गर्दछौं । यो निर्णयलाई समयमा फिर्ता नलिई एकतर्फी अघि बढाउने दुष्प्रयास गरिएमा सशक्त प्रतिकार र गण्डकी सभ्यता रक्षार्थ कुनै पनि मूल्य चुकाउन हामीहरू तयार रहेको जानकारी गराउँदछौं । सरोकारवाला निकाय, सम्बद्ध स्थानीय जनता जनप्रतिनिधि स्थानीय सरकार र प्रदेश सरकारसँग विचारविमर्श नगरिकन एक तर्फीरूपमा अर्बौं हिन्दुहरूको आस्थासँग जोडिएको यति गहन विषयलाई किन अगाडि बढाउने प्रयास गरियो यसको स्पष्ट उत्तर पनि हामी सरकारसँग अविलम्ब चाहन्छौं
    चैतन्य कृष्ण 
    अध्यक्ष श्रीकालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान उत्तरवाहिनी क्षेत्र

    kaligandaki nadi.jpg

     

    यी पनि पढाैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology