बुटवल,जेठ २७-
रूपन्देहीमा क्रियाशील पत्रकार कमला पाण्डे (हरिकला) राहत वितरणमा सक्रिय भएकी छन् । उनले मायादेवी गाउँपालिका ३ का ३० अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न सामग्री वितरण गरेको बताइन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीकी कार्यसमिती सदस्य तथा प्रेस युनियन र डब्लु डब्लु जेमा आबद्ध रहेकी उनले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका बिपन्न परिवारलाई राहत स्वरुप चामल ,दाल,नुन,तेल बितरण गरेकी हुन् ।
२० केजी चामल ,३ केजी दाल, २ लिटर तेल, २ केजी नुन, ५ केजी आलु, २ केजी चिउरा लगायतका खाद्य सामाग्री हस्तान्तरण गरिएको पत्रकार पाण्डेले नागरिक अनलाइनलाई बताईन् ।
रेडियो नमस्तेकी स्टेशन म्यानेजर समेत हुन् ।
साे अवसरमा मायादेवी गाउँपालिका ३ मा रहेको मदरसा स्कुलकी प्राचार्य बेलमाया सुवेदी,नेपाली कांग्रेस संगठन विभाग सदस्य कल्याण पौडेल, महिला विभाग जिल्ला सदस्य यादा क्षेत्री, प्रशासन विभाग सदस्य हिरा पौडेल, समाजसेवी रमेश गैरे, रमेश पाण्डे, विनोद न्यौपाने लगायतको सहभागि थिए । साे सामग्री पाएपछि मजदुरी गर्दै आएका राजदेव यादव ,राम मिश्र, शिव कुमार गौतामी,धुर्व केवट,ककई केवट लगायतले धन्यवाद समेत दिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)