Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देशका कुन-कुन जिल्लामा छ निषेधाज्ञा ? (सूचीसहित)

देशका कुन-कुन जिल्लामा छ निषेधाज्ञा ? (सूचीसहित)

  • 2.9K
    SHARES

  • देशका कुन-कुन जिल्लामा छ निषेधाज्ञा ? (सूचीसहित)

    बुटवल ,बैशाख १६-

    आजबाट नेपालका १६ जिल्लामा निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा जारी हुने जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, बर्दिया, कैलाली,  कञ्चनपुर, बागलुङ, कालीकोटका, सुर्खेत, चितवन र पाल्पा रहेका छन् ।

    गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालका १२ जिल्लामा पूर्ण तथा ४ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रूपन्देही, पर्सा, मोरङ, कास्की, सुर्खेत र चितवन पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।

    यसैगरी पाल्पा, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ । सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत निषेधाज्ञा आदेश जारी गरेको हो ।

    गत सोमबार बसको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस स्वीकृत गर्दै निषेधाज्ञा निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने नियम बनाइएको छ ।

    यी पनि पढाैँ:-

    •  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology