Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा बैसाख१६ गते बिहान ६ बजेदेखी ३० गतेसम्म निषेधाज्ञा लगाउने प्रशासनको निर्णय ! (बिज्ञप्तिसहित)

रुपन्देहीमा बैसाख१६ गते बिहान ६ बजेदेखी ३० गतेसम्म निषेधाज्ञा लगाउने प्रशासनको निर्णय ! (बिज्ञप्तिसहित)

  • 6.4K
    SHARES

  • रुपन्देहीमा बैसाख१६ गते बिहान ६ बजेदेखी ३० गतेसम्म निषेधाज्ञा लगाउने प्रशासनको निर्णय ! (बिज्ञप्तिसहित)

    बुटवल,वैशाख १५-

    कोरोना संक्रमण बढेसंगै रुपन्देही प्रशासनले बैसाख १६ गतेदेखि रुपन्देहीमा निषेधाज्ञा लागू गरेको छ । वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

     जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले नागरिक अनलाइनसंग भने-‘निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाइन्न,अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ।’ 

    अतिआवश्यक बाहेकका अन्य सबै पसल व्यवसाय भने बन्द हुनेछन्। यसअघि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले १६ बैसाखदेखि निषेधाज्ञा लगाउन मंगलबार नै सिफारिश गरेको थियो।received_167550481920539.jpegreceived_763266281218197.jpegreceived_1168128750358404.jpeg

    याे पनि पढाैँ:-

    रुपन्देहीमा निषेधाज्ञा : पहिलाे चरणमा बैसाख १६ देखि लागु गरिने !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology