बुटवल ,बैसाख ७-
जनता समाजवादी पार्टी नेपाल रुपन्देहीको पदाधिकारीको बैठकले सरकारमा गएका नवनियुक्त मन्त्रीहरूको बचाउ गरेको छ ।
जिल्ला कार्यबाहक अध्यक्ष मोहनलाल यादवको अध्यक्षता बसेको बैठकले लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारमा सहभागी हुने निर्णय सहि रहेको ठहर गरेको छ ।
सरकारमा सहभागी भएकोमा स्वागत गर्दै नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको रुपन्देहीका कार्यवहाक अध्यक्ष मोहनलाल यादवले जानकारी दिए ।

यी समाचार पनि पढ्नुहाेस् :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)