Logo बिहिवार, आश्विन १ गते २०८३
images

सभामुख सापकोटाले भने-सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन हुँदैन

सभामुख सापकोटाले भने-सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन हुँदैन

  • 2.6K
    SHARES

  • सभामुख सापकोटाले भने-सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन हुँदैन

    बुटवल,पुस ९ - 

    विघटित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने बताएका छन् ।

    संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको उनको भनाइ छ । 

    बुधबार एक विज्ञप्ति जारी गर्दै सापकोटाले नेपालको संविधानको धारा ९३ (१) बमोजिम यही २०७७ पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्यासित रुपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधि सभा र आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन् । 

    संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन हुन नसक्ने व्यवस्था गरिएको पनि रापकोटाको भनाइ छ ।

    ‘विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्यस्मरणीय छ’, उनले भनेका छन् । 

    सात दशकयताका बिभिन्न आन्दोलनको जगमा संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिंगो मुलुकको प्रमुख कार्यभार भएको भन्दै उनले भनेका छन्, ‘संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय  समझदारीको आवश्यकता अझ बढेर गएको छ ।savamiukh letter.jpg

    साथै, संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरु, राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको छ ।’

    प्रधानमन्त्री केपी ओलीले पुस ५  गते प्रतिनिधिसभा विघटन गरेपछि सभामुखको पहिलो असन्तुष्टि सहितको धारणा आएको हो । 

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology