Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एकता महाधिवेशन ०७८ मंसिर २ मा गर्ने नेकपा ओली समूहको निर्णय

एकता महाधिवेशन ०७८ मंसिर २ मा गर्ने नेकपा ओली समूहको निर्णय

  • 2.7K
    SHARES

  • एकता महाधिवेशन ०७८ मंसिर २ मा गर्ने  नेकपा ओली समूहको निर्णय

    बुटवल,पुस ७- 

    नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय समिति बैठकले गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले सो निर्णय गरेको आजै ओली समूहबाट प्रवक्ता चयन भएका प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । 

    ओलीले ५५६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरे :

    यस्तै ओलीले ५५६ जना केन्द्रीय कमिटी सदस्य थप गरेका छन् । आज उनीहरुलाई सपथ ग्रहण समेत गराइएको छ ।

    निकट समूहका केन्द्रीय सदस्यहरुको भेलामा ओलीले ५५६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको घोषणा गरेका थिए। घोषणापछि उनीहरुलाई ओलीले सपथ ग्रहण गराएका हुन्। यस्तै केन्द्रीय समिति हाल थपेर १ हजार ३ जनाको भएपनि पछि ११९९ सदस्यीय बनाइने छ । 


    यस्तै बैठकले विधान संशोधनको निर्णय पनि गरेको छ भने अर्को बैठक पुस ९ गतेका लागि डाकिएको छ । ओली निकट केन्द्रीय समिति बैठकले प्रवक्तामा परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीलाई चयन गरेको थियो । 

    पार्टीको आधिकारिक धारणा र निर्णयहरु सार्वजनिक गर्न आफूलाई अध्यक्ष ओलीले प्रवक्ता चयन गरेको पनि ज्ञवालीले दावी गरे । 

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बने माधवकुमार नेपाल,ओली हटाइए

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology