बुटवल,असाेज २१ ।
वुटवलका सफल व्यवसायी हुन् बाबुराम विक। श्रीराम गुल्मेली सुन चाँदी पसलका संचालक बिकले बुटवल उद्योग वाणिज्य संघको महासचिवमा उम्मेदवारी दिएका छन्।
उनी दिनेशकुमार श्रेष्ठको प्यानलबाट मैदानमा छन् । दुई दशक भन्दा लामो समय निरन्तर उद्योग व्यवसाय गरी चार पटक कार्यसमिति सदस्यमा रहेर काम गरेका अनुभवी विक यस पटक महासचिव पदमा उम्मेदवारी दिएका हुन् । विकले आफु सधै उद्योगि ब्यवसायीको अधिकार र समस्या समाधानका निम्ती निरन्तर लागेको र आगामी दिनमा पनि लागिरहने वाचा गर्दे निर्वाचनमा उद्योगी व्यवसायीहरुको साथ र समर्थनको अपेक्षा गर्दै मन वचन र कर्मले सहयोग गरी भारी मतले महासचिव पदमा विजयी गराउन आग्रह गरे ।
संघको नयाँ नेतृत्व चयनका लागि यही असोज २२ गते हुने निर्वाचनमा हरिप्रसाद अर्याल र दिनेशकुमार श्रेष्ठबीच प्रतिस्पर्धा छन् । श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंक प्रसाद गैरे, उद्योग उपाध्यक्षमा नवीन प्रसाद श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा बाबुराम विकले उम्मेदवारी घोषणा गर्नु भएको छ । चुनावी सरगर्मी बढेसँगै यस पटकको अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)