Logo सोमवार, कार्तिक १० गते २०८३
images

संवैधानिक परिषदको बैठक आज बस्दै, विपक्षी दलका नेता देउवा पनि सहभागी हुने

संवैधानिक परिषदको बैठक आज बस्दै, विपक्षी दलका नेता देउवा पनि सहभागी हुने

  • 2.4K
    SHARES

  • संवैधानिक परिषदको बैठक आज बस्दै, विपक्षी दलका नेता देउवा पनि सहभागी हुने

    बुटवल,मंसिर ३०- 

    संवैधानिक परिषदको बैठक आज बोलाइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकले बिभिन्न संवैधानिक अंगमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी छ । आजको बैठकमा विपक्षी दलका नेता देउवा सहभागी हुने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सहित अन्य बिभिन्न संवैधानिक निकायमा लामो समयदेखि पदाधिकारी रिक्त छन् । यसअघि पनि पटक पटक विपक्षी दलका नेता सहभागी नभएपछि बैठक बस्न सकेको थिएन।

    सरकारले गत वैशाखमा अध्यादेशमार्फत संवैधानिक परिषदको बैठकमा बहुमतले निर्णय लिन सक्ने व्यवस्था गर्न लागेको थियो । तर राजनीतिक दल सम्बन्धी अध्यादेश विवादमा परेपछि उक्त अध्यादेश पनि फिर्ता भएको थियो ।

    प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटाको अनुपस्थितिका कारण आइतवार बैठक बस्न सकेको थिएन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology