बुटवल,असाेज ८ ।
सितारा बचत तथा ऋण सहकारी संस्थाको १६औं साधारणसभा तिलोत्तमा सम्पन्न भएको छ । सहकारीको साधारण सभाको उदघाटन संस्थाका संस्थापक अध्यक्ष राम बहादुर खडकाले गर्नुभयो।सहकारीका अध्यक्ष मात्रृका ज्ञाबलीको अध्यक्षतमा भएको सभामा वोल्दै प्रमुख अतिथि खड्काले सहकारीहरु ऐन नियम र कानुन अनुसार सञ्चालन भएकाहरुमा कुनै समस्या नभएको वताउनुभयो।
आफुहरुले सहकारी स्थापना गर्दा सदस्यहरुको आर्थिक सामाजिक र कृषिको उन्नतीको परिकल्पना गरेको बताउनुभयो ।उहाले गलत मनसायहरुले संञ्चालन गरेका सहकारीले यस क्षेत्रकै बदनाम गरेको वताउनु भयोे।यस क्षेत्रको राम्रो बिश्वासीलो उत्कृष्ट सहकारी भएकाले ढुक्कसँग सदस्यहरुलाई कारोबार गर्न खडकाले आग्रह गर्नु भयो।
सहकारीका अध्यक्ष मात्रृका ज्ञावलीले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै गत बर्ष भन्दा सेयर संख्या थप भएको आर्थिक कारोबारमा मितब्यबयीता अपनाई यस बर्ष १७ं प्रतिशत लाभान्स दिने भएको बताउनु भयो।२०६४ सालमा २५ जना वाट सुरु भएको सहकारी अहिले७सय २६ पुगेको र यस बर्ष पनि थपिदै जाने बताउनु भयो। उहाले सबै सेयर सदस्यहरुको बिमा गरिएको र सहकारीलाई मर्जेर गर्ने प्रकृयालाई यथाबत राखिएको बताउनु भयो।
लेखासंयोजक कृण्ण प्रसाद आर्चायले लेखा सुपरिवेक्षण प्रतिवेदन पेस र कोषाध्यक्ष पिताम्बर खनालले आय व्ययको प्रतिवेदन र आगामी बर्षको लागी बजेट पेस गर्नु भएको थियो।साधारण सभामा बिशिष्ठ अतिथी डा प्रान्शु नेपालले सितारा सहकारीमा शुसाशन रहेको बताउदै अहिलेको बिकारल अबस्थामा पनि १७ प्रतिशत नाफ दिने भनेको उत्कृष्ण ब्यबस्थापन रहेको बताउनु भयो। उहाँले नेपालमा ३० हजार सहकारीले बिभिन्न माध्यमबाट ८८ हजारलाई रोजगारी दिएको बताउनु भयो । उहाले सरकारले सहकारीलाई हेर्ने दिष्टीकोण अहिलेपनि सकारात्मक नभएको बताउनु भयो।
सहकारीका सल्लाहकार यादब भन्डारी, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झबिन्द्र भन्डारी,सहकारीका सदस्यहरुको तर्फबाट बिष्णु भुसाल सल्लाहकार गणेश पन्थी लगायतले सस्थाको थप प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो।कार्यक्रममा जेष्ठ नागरिक खगनाथ भन्डारी, असल ऋणी सपना कक्षपति, कक्षा १२ र उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी स्वस्तीका ज्ञाबली लेखा कर्मचारी प्रतिमा भन्डारी लाई सम्मान गरिएको थियो। मात्रृका ज्ञाबलीको अध्यक्षता उपाध्यक्ष रमेश पराजुलीको संञ्चालनमा साधारण सभा सम्पन्न भएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)