Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको छौठौं शाखा संचालनमा

बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको छौठौं शाखा संचालनमा

  • 5.2K
    SHARES

  • बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको छौठौं शाखा संचालनमा

    बुटवल,असाेज ७ ।

    गणपति मिष्ठान्न भण्डारको छैठौं शाखा बुटवल ११ देवीनगरमा शुभारम्भ हुने भएको छ । व्यवसायी मेघराज पन्तले फेन्चाईज रुपमा गणपतिको शाखा  शुभारम्भ गर्न लागेका हुन् । शाखाको  सोमबार बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गर्ने  कार्यक्रम तय गरिएको छ ।

    विगत लामो समय देखि सैनामैना नरपालिका वडा नम्बर १ मा पशुपालन फार्म सञ्चालन गर्दै आएका पन्थको करिव डेढ करोड लगानीमा देवीनगरमा उक्त शाखा शुभारम्भ हुन लागेको हो ।फार्ममा उत्पादित दुध, दही घीउ बाट शुद्ध परिकार पस्कीने गरी यो शाखा शुभारम्भ गरिएको  उनले जानकारी दिए ।

    आईतबार पत्रकार सम्मेलनको आयोजना गरी पन्तले निकट भविश्यमा डेरी जन्य पोडक्ट समेत उत्पादन  गर्ने गरी फार्म र बुटवलको मिष्ठान्न भण्डारलाई जोडर अगाडी बढ्न लागेको जानकारी दिए ।ganapati.jpg

    शत प्रतिशत शुद्ध नेपाली घीउबाट उत्पादित २१ वटा मिठाईका परिकार  र २३ वटा फाष्टफुडका परिकारहरु पस्कीने गरी  मिष्ठान्न सञ्चालनमा ल्याउन लागेको उनको भनाई रहेको छ । सैनामैनामा रहेको उनको फार्ममा अहिले १ सय १५ वटा गाई र ४ वटा भैसी  रहेका छन् भने दैनिक ३ सय लिटर  दुध उत्पादन हुदै आएको छ ।  देवीनरको मिष्ठान्न भण्डारमा उनले ११ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन् ।

    पछि डेरी जन्य पोड्क्ट उत्पादन गर्दा थप २५ देखि ३० जनालाई रोजगारी दिने योजना रहेको जानकारी दिए । पहिलो चरणमा  आम्दानीको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा  लगाउने समेत योजना रहेको सञ्चालक पन्तले जानकारी दिए ।ganapati miss.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology