Logo बिहिवार, आश्विन १ गते २०८३
images

सामाजिक सहायता समुह नेपालद्वारा दुर्घटनामा मृत्यु भएका विपिनको परिवारलाइ ८१ हजार१२० रुपैँया आर्थिक सहयोग हस्तान्तरण

सामाजिक सहायता समुह नेपालद्वारा दुर्घटनामा मृत्यु भएका विपिनको परिवारलाइ ८१ हजार१२० रुपैँया आर्थिक सहयोग हस्तान्तरण

  • 4.7K
    SHARES

  • सामाजिक सहायता समुह नेपालद्वारा दुर्घटनामा मृत्यु भएका विपिनको परिवारलाइ ८१ हजार१२० रुपैँया आर्थिक सहयोग हस्तान्तरण

    बुटवल,मंसिर २७ । 

    टीकटक ग्रुप सामाजिक सहायता समुह नेपाल (एसएसजी नेपाल) बालाजु १६ काठमाडौँले रुपन्देहीको देवदहको आर्थिक अवस्था कमजोर भएको एक परिवारलाइ आर्थिक सहयोग प्रदान गरेको छ ।

    एसएसजी नेपालले रूपन्देहीको देवदह २ ढेकार निवासी स्व.विपिन ज्ञवालीको चार बर्षीया छोरी सवनम ज्ञवालीको पठनपाठनमा सहयोग होस् भनेर १३ औँ‌ दिनको पुण्य तिथिमा घरमै पुगेर परिवारलाई नगद ८१ हजार १ सय २० रुपैँया प्रदान गरेको हो । 

    सामाजिक सहायता समुह नेपालका केन्द्रिय अध्यक्ष टीकाप्रसाद तिमिल्सिना संस्थाका तथा संस्थाका प्रेस सल्लाहकार कपिल ज्ञवाली,सदस्यहरु तुलसा तिमिल्सिना,एम अर्याल पाल्पाली,कल्पना डुम्रे,गाेमा शर्मा,कुशुम ज्ञवाली लगायतको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले स्व विपिनको परिवारजनलाइ रकम हस्तान्तरण गर्नुभयो ।

    एसएसजी नेपालले शाेकसभा समेत गरेको थियाे ।  सो अबसरमा बोल्दै उहाँले पीडासंगै चर्हाएको घाउमा मलम पट्टी लगाउनका निम्ति र सानो नानुको पठनपाठनमा सहयोग पुर्याउनका निम्ति संस्थाले आर्थिक सहयोग गरेको बताउनुभयो । 

    उहाले यसअघिपनि बिभिन्न सामाजिक गतिबिधि र सहयोग हस्तान्तरण गर्ने काममा आफुहरुको संस्था क्रियाशिल रहेको बताउनुभयो । ssgnepal.jpg

    सहयोग गरिएको रकम  जापानमा रहने संस्थाकै सदस्य अनिस छन्त्याल तथा सहकर्मी ,दुबइमा रहनुहुने शुशील पौडेल तथा सहकर्मी ,नेपालमा रहनुहुने तुलासा तिमल्सिना तथा अन्य साथीहरू त्यस्तै अमेरिकामा रहनुभएकी गिता ठकुरी र साथीहरू तथा संस्थामा आबद्ध र बाहिरी अन्य धेरै सहयोगी मनबाट संकलन गरिएको सामाजिक सहायता समुह नेपालका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष  विश्वनाथ खत्री बिएनले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।help ssgnepal.jpg

    मंसिर १० गते बुटवलमा कार दुर्घटनामा परि उपचारको क्रममा बिपिनको मृत्यु भएको थियो । उहाँको चार बर्षकी एक छाेरी र श्रीमती सपना ज्ञवाली गर्भवती समेत हुनुहुन्छ । स्व बिपिन संस्थाका सदस्य कुशुम ज्ञवालीका भाइ हुनुहुन्थ्यो । 

     यी समाचार पनि पढाैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology