Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवल वडा न १५ ले किसानलाइ बिना धितो ऋण दिने र ग्यारेन्टी पनि बस्ने !

बुटवल वडा न १५ ले किसानलाइ बिना धितो ऋण दिने र ग्यारेन्टी पनि बस्ने !

  • 1.8K
    SHARES

  • बुटवल वडा न १५ ले किसानलाइ बिना धितो ऋण दिने र ग्यारेन्टी पनि बस्ने !

    बुटवल, भदौ ८ ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न १५ ले किसानलाइ बिना धितो ऋण दिने र ग्यारेन्टी बस्ने भएको छ । किसानले कम्तीमा ३ कठ्ठा र बढीमा जतिपनि खेती गर्न चाहेमा उनीहरुलाइ सहजै ऋण दिइने वडाध्यक्ष शिब रानाले बताए ।

    “समानता स्वाभिमान र अवसर बस्न योग्य बुटवल सहर“ भन्ने मुल मन्त्रका साथ कृषि क्षेत्रको बिकास अनि प्रवर्दन गर्ने, खेत बाजो राख्ने समस्या लाई न्युनिकरण गर्ने, कृषिकर्मबाट कृषकलाइ उकास्ने उद्देश्यका साथ तरकारि उत्पादन खेतिमा लगानी बढाउन यस प्रकारको कार्यक्रम ल्याइएको वडाध्यक्ष रानाको भनाइ छ । 

    आज एक समारोहका बिच बुटवल उप–महानगरपालिका वडा न १५ र श्री साना किसान कृषि सहकारि संस्था लि.सेमलार बिच सहमति भएको हो ।

    किसानलाइ अधिकतम रु. १५ हजार ऋण ६% ब्याजमा १ वर्ष भित्र तिर्ने गरि किसान पहिचान गरी बुटवल अप–महानगरपालिका वडा न १५ ग्यारेन्टि बस्नेछ । ऋण लगानि भने श्री साना किसान कृषि सहकारी संस्था लि. सेमलारले गर्ने गरी सम्झौता भएको छ।KRISS.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology