Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

१० लाखप्रति सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न बाँकी

१० लाखप्रति सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न बाँकी

  • 3.6K
    SHARES

  • १० लाखप्रति सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न बाँकी

    काठमाडौँ, भदौ ८ गते ।

    १० लाखप्रति सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न बाँकी छ । यो सङ्ख्या स्मार्ट लाइसेन्स लागु भएदेखि हालसम्मकै सबैभन्दा धेरै हो । यातायात व्यवस्था विभागले हाल नियमित छपाइको काम बन्द गरेको छ । प्रिन्ट कार्ड सकिएकाले हाललाई बन्द गरिएको विभागले जनाएको छ । 

    अत्यावश्यकबाहेकका लाइसेन्स छाप्ने काम बन्द छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले भन्नुभयो, “छपाइ कार्ड सकिएको छ । हाल अत्यावश्यक छपाइ मात्र भएको छ । विदेश पढ्न जाने, शान्ति सेनामा जाने वा कामका लागि विदेश जानेको लाइसेन्स प्रिन्ट हुन्छ ।”

    हाल विभागसँग छपाइ कार्ड ७० हजारको सङ्ख्यामा छ । कार्ड खरिदका लागि सम्झौता भएको पाँच महिना भइसक्यो तर कार्ड आएको छैन । एक डेढ महिनामा आउने सम्भावना रहेको प्रवक्ता पनेरुको भनाइ छ । विभागसँग एउटा मात्रै मासप्रिन्टर छ, जसले दैनिक चार हजार पाँच सय प्रतिप्रिन्ट गर्छ तर कार्ड नभएका कारण प्रिन्टरको दैनिक क्षमता अनुसार काम हुन पनि सकेको छैन । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology