बुटवल,मंसिर २६-
राष्ट्रिय सहकारी बैंकअन्तर्गत लुम्बिनी प्रदेश ईकाइको बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी बैंकको १७ औं बार्षिक साधारणसभाको प्रकृया अन्तर्गत रुपन्देहीमा प्रतिनिधीमुलक सहभागिताका आधारमा साधारणसभा गरिएको हो ।
मंसिर २३ गते देखि विभिन्न प्रदेश र इकाइहरुको साधारणसभा भैरहेको छ भने पुस ३ गते केन्द्रीय साधारणसभा काठमाडौंमा हुदैछ । साधारणसभाले बिभिन्न निर्णयहरु पारित गरेको छ ।
केन्द्रीय बैंकले निर्णय गरेका पुरस्कार तथा सम्मानहरुलाइ अनुमोदन समेत गरिएको छ भने प्रदेश ५ का उत्कृष्ट सहकारी,उत्कृष्ट शाखा सहकारी बैंक पुरस्कार,सहकारी बैंक उत्कृष्ठ अधिकृत तथा सहायकस्तरका कर्मचारी सम्मान गरिने छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा सयपत्री बचत तथा ऋण सहकारी सुनवल र साना किसान कृषि सहकारी दाङलाइ पनि सम्मान गरिने राष्ट्रिय सहकारी बैंक सुचना प्रबिधि उपसमिति संयोजक मात्रबलाल देबकोटाले जानकारी दिनुभयो ।
त्यस्तै उत्कृष्ट कारोबार,नियमित कारोबार,गर्ने सहकारीलाइ पनि सम्मान गरिने उहाले बताउनुभयो । अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा भएको साधारणसभामा अबसरमा लुम्बिनी प्रदेशका कृषि भूमि ब्यबस्था तथा सहकारी मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
मन्त्री पौडेलले सहकारीकाे सहि नियमन गर्न जरूरी रहकाे बताउनुभयाे ।
सो अबसरमा सल्लाहकार धर्मदत्त देबकोटा,बिजया धिताल, सुचना प्रबिधि उपसमिति संयोजक मात्रबलाल देबकोटा लगायतले बोल्नुभएको थियो । सहकारी बैंकका १३ हजार ४६ शेयर सदस्य छन् भने २ अर्ब २२ करोड ३८ लाख ९९ हजार ३ सय ।शेयर पूजी छ ।लुम्बिनी प्रदेशमा ३१ करोड २७ लाख ३१५०० शेयर पुजि रहको छ ।
असार मसान्तसम्मको बासलात ५० अर्ब ८० करोड ८८ लाख ३० हजार ४ सय ५९ छ भने बचत ४६ अरब् ८८ करोड ३० लाख६० हजार रहेको छ । । २७ अर्ब ८ करोड ७७ लाख ६२ हजार कर्जा रहेको सहकारी बैंकाका ४४ शाखा छन्,। अब लुम्बिनी प्रदेशमा थप ५ गरी ९ शाखा रहनेछन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)