Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

पेट्रोल र डिजलको मूल्य बढ्यो, ग्याँसको घट्यो

पेट्रोल र डिजलको मूल्य बढ्यो, ग्याँसको घट्यो

  • 1.5K
    SHARES

  • पेट्रोल र डिजलको मूल्य बढ्यो, ग्याँसको घट्यो

    काठमाडौं,साउन १७ ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजल र मट्टीतेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ ।

    भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ ।

    त्यस्तै डिजल र मट्टीतेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १६६० मा झरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, श्रावण १७ २०८००९:४५:३९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology