Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलको आगन्तुक सहकारीका सञ्चालक १२ लाख धरौटीमा छुटे

बुटवलको आगन्तुक सहकारीका सञ्चालक १२ लाख धरौटीमा छुटे

  • 1.2K
    SHARES

  • बुटवलको आगन्तुक सहकारीका सञ्चालक १२ लाख धरौटीमा छुटे

    बुटवल,साउन १२ ।

    बुटवलको आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती धरौटीमा छुटेका छन् । उनी रकम अपचलन गरेको आरोपमा पक्राउ परेका थिए ।

    सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको थियो ।घर्तीविरुद्ध ३३५ जना बचतकर्ताले रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता गराएका थिए ।

    बुटवल र भैरहवाका ती बचतकर्ताबाट ४ करोड ३६ लाख ६० हजार ४१९ रुपैयाँ फिर्ताको माग गर्दै उजुरी परेको थियो ।

    anagtukkk.jpg

    जिल्ला अदालत रुपन्देहीले मँगलबार सहकारीका अध्यक्ष घर्तीलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । यसैगरी सहकारीका मार्केटिङ हेड सुरज ज्ञवालीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको श्रेस्तेदार शोभाखर अर्यालले जानकारी दिए । न्यायधिश महेन्द्रराज काफ्लेको ईजलासले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो ।aagantuk sahalkari.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology