Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूरू क्षेत्रको बृहत् गुरुयोजना तयार,पहिलो चरणमा कालीगण्डकी नदी नियन्त्रण योजनाको शिलान्यास (फाेटाेफिचर)

रूरू क्षेत्रको बृहत् गुरुयोजना तयार,पहिलो चरणमा कालीगण्डकी नदी नियन्त्रण योजनाको शिलान्यास (फाेटाेफिचर)

  • 9.3K
    SHARES

  • रूरू क्षेत्रको बृहत् गुरुयोजना तयार,पहिलो चरणमा कालीगण्डकी नदी नियन्त्रण योजनाको शिलान्यास (फाेटाेफिचर)

    बुटवल,मंसिर २४ ।

    रूरू धार्मिक तथा पर्यटकीय क्षेत्र रिडी धाममा रिडी खोला तथा कालीगण्डकी नदी नियन्त्रण आयोजनाको शिलान्यास भएकाे छ ।

    साे अवसरमा बाेल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार प्रदेशका नागरिकहरुलाई समृद्ध बनाउन अग्रसर भएको बताए ।RURU GULMI.jpgruru ridiii.jpg

    उनले प्रदेश सरकारले विभिन्न योजनाहरु बनाएको बताउँदै व्यवसायिक रुपमा उद्यम गर्नेहरुका लागि बैंकको ब्याजमा अनुदान दिने योजना ल्याएको सुनाए ।ruru master plan.jpgruru.jpg

    त्यसका लागि दीर्घकालिन रुपमा व्यवसाय गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा सरकारले गरेका राम्रा कामहरुलाई उल्लेख पनि गर्न नचाहने केही शक्तिहरु लागेको भन्दै तथ्यमा आधारित भएर बोल्न समेत उनले आग्रह गरेका छन् ।ruru ridi.jpg

    लुम्बिनी प्रदेशका उद्योग ,पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार साथमै रहेको बताए ।ruru ridi guruyojana.jpg

    रूरू क्षेत्रको बृहत गुरुयोजना तयार भएर पहिलो चरणको काम अन्तर्गत अहिले तटबन्ध गर्न लागिएको उनले बताए । यसपछि पुनः अन्य कामहरु क्रमश हुँदै जाने र रुरु क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने उनले बताए ।

    केन्द्र सरकार र प्रदेश सरकारको समपुरक कोशमार्फत आर्थिक बर्ष २०७६-७७ मा बोलपत्र गरी ३४ करोड २० लाख ६० हजार ६३९ रुपैयाँ भू तथा जलाधार ब्यबस्थापन कार्यालय पाल्पा र सगुन शर्मा जेभी बुटवल बिच सम्झौता भएर काम अघि बढेको छ । २०७७ जेठ ११ गते सम्झौता भई २०७९ साल मङसिर १० गते भित्रै कार्य सम्पन्न गर्नुपर्नेछ । ridi ruru.jpg

    नदी क्षेत्रमा कुल २ हजार ८२० मिटर लम्बाई , सात मिटर उचाई रहेको आरसिसी टेवा पर्खाल निर्माण गरिने छ भने ऋषिकेश मन्दिर क्षेत्रमा २८८ मिटरको सिँढी (प्याराफिट ) निर्माण गरिनेछ । कार्यक्रममा पाल्पा र गुल्मी क्षेत्रका जनप्रतिनिधि , राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा संघीय सांसद सोमप्रसाद पाण्डेय, लुम्बिनी प्रदेश सांसद कमल श्रेष्ठ, डा. पुरनमान बज्रचार्य, तानसेन नगरप्रमुख अशोककुमार शाही, रूरू क्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम, लुम्बिनी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र केसी लगायतले रुरु क्षेत्रलाई प्रमुख धामका रुपमा विकास गदै अघि बढ्न प्रदेश सरकारको सहयोग महत्वपूर्ण रहेको बताएका थिए । dharmasala ruru.jpgkaligandaki ruru.jpgridi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology