बुटवल,असार २३ ।
बुटवलमा ‘प्लान बि क्लव’ सञ्चालनमा आएको छ । करिब १२ करोडको लगानीमा प्लान बि संचालनमा आएको हो । डेढ वर्ष अघि आगलागीबाट क्षति ब्यहोरेको क्लब पुनः मर्मत गरि संचालनमा आएको हो ।
क्लबले सञ्चालनको पुर्व सन्ध्यामा शुक्रबार पत्रकार सम्मेलन गर्दै शनिबारबाट औपचारिक शुभारम्भ हुने ‘प्लान बि क्लब’ मा नेपालकै चर्चित व्याण्ड सविन एण्ड फ्यारोले सांगितिक माहोल मार्फत सफ्ट ओपनिङ गर्ने बताएको छ ।
बुटवलको मिलनचोक सिद्धार्थ कटेजको साइडमा खुलेको प्लान बि क्लबमा करिब ५.५ कठ्ठा क्षेत्रफलमा पुर्वाधार तयार भएको रेष्टुरेन्ट र डिस्को युवाहरुको मनोरञ्जनको लागि उत्कृष्ट गन्तव्य बन्ने संचालक सुरेस श्रेष्ठले दाबी गरे । लाईट सिस्टम, साउण्ड सिस्टम र खाजा हाईजनिक छ ।
३०० जनाको सिटिङ्ग क्षमता रहेको क्लब भित्र एक हजार जनाले इभेन्ट हेर्न सक्ने क्षमता रहेको छ । लगानी, पुर्वाधारका हिसाबले काठमाडौ र पोखरापछि बुटवलमा प्लान बि शुरू भएको क्लवका प्रबन्ध निर्देशक कमल रानाले बताए । साझको ६-१० बजेको समय फेमिली टाइमको अफर हुने छ ।
क्लबका संचालक जीवकान्त काफ्लेले भारतिय पर्यटकलाई बुटवलमा भुलाउन सकिने थलोको अभावको बेला यो उपयुक्त भएको दाबी गरे । रात्रीकालिन समयमा मनोरञ्जन दिन जिल्ला प्रशासन कार्यालयबाट १ बजेसम्म सेवाको स्वीकृति लिएको छ । डेढ वर्ष अघि नाईट क्लबमा आगलागी भएपछि तयार भएर सुचारु भएको हो ।
प्लान बिमा किचन, बार, सुरक्षा, सरसफाईका गरि ८० जना भन्दा बढि युवाहरुले रोजगार पाएका छन । क्लबका संयोजक सन्तोष सुवेदीले बुटवलमा क्लब कल्चरको विकासमा महत्त्वपूर्ण योगदान दिने बताए ।
आकर्षक डिजाईनमा तयार भएको क्लबबाट पर्यटन प्रवर्द्धन हुने उनले बताए । पर्यटकहरु १० बाई २० को एलईडी स्क्रिन, उच्चस्तरको साउण्ड क्वालिटीको सेवा लिनेछन । यसगरि वर्थडे, एनिभर्सरीको लागि सेपरेट क्याबिन, फुल सिसिटिभि क्यामरा, हाई सेक्युरिटी सुबिधा रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)