बुटवल ,असार २।
सिटिजन्सका ग्राहक तथा कर्मचारीलाइ आरम्भ रिसोर्टमा आकर्षक छुट दिने सम्झौता भएको छ। सिटिजन्स बैंक इन्टरनेसनल र बुटवल १२ मा रहेको आरम्भ रिसोर्टबिच बैंकका ग्राहक-कर्मचारीलाइलाई विभिन्न सामानमा छुट दिने सम्झौता भएको हो ।
सम्झौता अनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले खाना स्पा स्वीमिङ्मा १२.५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
सहमतिपत्रमा बैँकका लुम्बिनी प्रदेश प्रमुख प्रदीपकुमार श्रेष्ठ र आरम्भ रिसोर्टका किशु शर्माका बिचमा हस्ताक्षर भएको हाे ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)