Logo बिहिवार, आश्विन १ गते २०८३
images

राजस्व सुक्दै गएपछि सीमा नाकामा कडाइ,१०० भन्दा बढीको सामानमा भन्सार !

राजस्व सुक्दै गएपछि सीमा नाकामा कडाइ,१०० भन्दा बढीको सामानमा भन्सार !

  • 1.5K
    SHARES

  • राजस्व सुक्दै गएपछि सीमा नाकामा कडाइ,१०० भन्दा बढीको सामानमा भन्सार !

    बुटवल, जेठ २७ ।

    सीमावर्ती बजारमा हुने अवैध कारोवारलाई निरुसाहित गर्न रूपन्देहीको सीमा नाकामा कडाइ गर्न थालिएको छ ।भारतीय बजारबाट विनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजस्व समेत सुक्दै गएपछि १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउन थालिएको हो ।

    घरायसी प्रयोजनका लागि सामान किन्न भन्दै दैनिक हजारौं नेपाली सीमावर्ती भारतीय सुनौली र नौतनवा, रुपैडिया, ठूटीबारी, बड्नी बजार पुग्ने गर्छन् । भारतीय बजारबाट खुलेयाम सामान नेपाल भित्रिँदा सरकारलाई राजस्व र नेपाली व्यवसायीको कारोबारमा समेत प्रभाव परेपछि सीमा नाकाहरूमा कडाइ शुरू गरिएको हो । 

    एक सय रूपैयाँभन्दा बढी मूल्यका कुनै पनि सामान आयात गर्दा अनिवार्य भन्सार महसूल तिर्नुपर्ने कानूनी प्रावधान छ । तर, व्यावहारिक पक्ष भन्दै यसअघि यो नियम कडाइका साथ कार्यान्वयन गर्ने गरिएको थिएन ।

    भन्सार नतिरी सामान भित्रिन नदिन रूपन्देहीको भैरहवा भन्सार कार्यालय, बेलहिया नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारमा कार्यरत कर्मचारी कडाइका साथ खटाइएको छ ।

    भन्सार शुल्क तिर्नेको लाइन देखिन थालेको छ । उनीहरूले पारीबाट किनमेल गरी फर्केकालाई भन्सार प्रज्ञापनपत्र कटाएर भन्सार तिराउने गरेका छन् । vansar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology