Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलमा ‘रोयल इन्फिल्ड स्क्राम ४११ ’ र क्लासिक ३५० बाईक लन्च

बुटवलमा ‘रोयल इन्फिल्ड स्क्राम ४११ ’ र क्लासिक ३५० बाईक लन्च

  • 5.4K
    SHARES

  • बुटवलमा ‘रोयल इन्फिल्ड स्क्राम  ४११ ’ र क्लासिक ३५० बाईक लन्च

    बुटवल,जेठ २४  । 

    रोयल ईनफिल्ड कम्पनीको दुई नयां मोडेलका बाइक बुटवलमा आइपुगेका छन् ।  लुम्बिनी क्षेत्रको आधिकारिक विक्रेता गैरे प्रतिष्ठान प्रालिले क्लासिक ३५० र रोयल इलफर्ड हिमालयन स्क्याम ४११ बाईक लन्च गरेको हो ।

    एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष टंक प्रसाद गैरे, पश्चिममाञ्चल पेटोलियम डिलर एसोसियसनका अध्यक्ष हिमाल गैरे, प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरेले औपचारिक रुपमा दुबै बाइकको लन्च गरेका छन् ।

    क्लासिक ३५० को बजार मुल्य ४ लाख ९९ हजार रुपैया रोयल इनफर्ड हिमालयन स्क्याम ४११ को बजार मूल्य ६ लाख ६० हजार रुपैया रहेको संचालक प्रेमराज गैरेले बताए । क्लासिक ३५० मा अपडेटसहित पिएच ६ र ३४९ सिसिको इन्जिन रहेको छ । यसैगरी यो सिंगल सिलिण्डरको ४११ सिसिको ईन्जिन रहेको नेपालमै एसेम्बल प्लान्ट स्थापना भएसंगै नेपाली बजारमा मूल्य १ लाख ५१ हजार रुपैया घटेर आएको उनले बताए ।

    अर्कोतर्फ सरकारले भर्खरमात्र बजेटमा हेभी सवारी साधनमा सडक दस्तुर र अन्तशुल्क घटाएको हुदा बजार मुल्य घटेको उनले बताए ।यसअघिका बाईक बिएच ४ आउंथ्यो भने बिएच ६ नया अपडेट भर्सनमा आएको छ ।scram bike.jpg

    बुलेटका मोडलहरुमा क्लासिक, ईलेक्ट्रा, हिमालय र ईन्ट्रसेप्टर गरि ४ मोडलहरु यसअघि नै नेपाली बजारमा उपलब्ध रहेका छन् । सन १९०१ देखि निरन्तर उत्पादन हुँदै आएको र करिब १ सय २० वर्षदेखि विशेषगरी युवाहरुको रोजाईमा परेर बजारमा प्रभुत्व जमाउन सफल बाईक भएको गैरेले बताए ।

    अहिले बजारमा ७ वटा कलरहरु, डबल एबिएस ब्रेक सिस्टम, जिपिएस जडान, १५ लिटरको पेटोल टंकी र सुरक्षाको मापदण्ड अपनाइएको छ । भारतमा क्रुशर अवार्ड प्राप्त गरेको कम्पनीका म्यानेजर ध्रुव सापकोटाले बताए । यो बाइक क्रुश ईजी भएकाले युवामाझ निक्कै आकर्षित भएको उनले दाबी गरे । बुधबार लन्चको दिन ४० थान बुकिङ भएको तथा २० थान डेलिभरी गरिएको उनले बताए ।

    bike a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology