Logo बिहिवार, आश्विन १ गते २०८३
images

वित्तीय हस्तान्तरण : कुन प्रदेशले कति पाए ?

वित्तीय हस्तान्तरण : कुन प्रदेशले कति पाए ?

  • 1.8K
    SHARES

  • वित्तीय हस्तान्तरण : कुन प्रदेशले कति पाए ?

    बुटवल,जेठ १५ । 

    आगामी आर्थिक वर्ष २०८०-८१ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले ७ वटा प्रदेशका लागि कूल १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख रुपैयाँ छुट्याएको छ । यस्तो बजेट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार शीर्षकको अनुदानमा उपलब्ध गराएको हो । 

    अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि प्रदेशतर्फ जाने अनुदानहरूको बाँडफाँड क्रमशः समानीकरण अनुदानतर्फ १३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ३५ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ४ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ६ अर्ब २२ करोड १६ लाख रुपैयाँ छुट्याइएको छ । 

    कुन प्रदेशले कति पाए बजेट अनुदान ?

    –कोशी प्रदेश, १६ अर्ब ११ करोड ७० लाख रुपैयाँ

    –मधेस प्रदेश, १३ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ 

    –बागमती प्रदेश, १५ अर्ब ८१ करोड २३ लाख रुपैयाँ

    –गण्डकी प्रदेश, १३ अर्ब ६० करोड ४० लाख रुपैयाँ

    –लुम्बिनी प्रदेश, १५ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ

    –कर्णाली प्रदेश, १६ अर्ब २७ करोड ३९ लाख रुपैयाँ

    –सुदूरपश्चिम प्रदेश, १४ अर्ब ४२ करोड १९ लाख रुपैयाँ प्रदान गरिएको छ ।BUDGET DATA.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology