Logo बिहिवार, आश्विन १ गते २०८३
images

चालु वर्षमा १५ खर्ब ४ अर्ब रूपैयाँ मात्रै बजेट खर्च हुने अनुमान

चालु वर्षमा १५ खर्ब ४ अर्ब रूपैयाँ मात्रै बजेट खर्च हुने अनुमान

  • 1.3K
    SHARES

  • चालु वर्षमा १५ खर्ब ४ अर्ब रूपैयाँ मात्रै बजेट खर्च हुने अनुमान

    काठमाडौं,जेठ १५।

    चालु वर्षमा १५ खर्ब ४ अर्ब रूपैयाँ मात्रै बजेट खर्च हुने अनुमान गरिएको छ।

    संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुमानको तुलनामा २ खर्ब ९१ अर्ब खर्च हुने संशोधित आकलन गरेका हुन्। सरकारले चालु वर्षको लागि १७ खर्ब ९३ अर्ब रूपैयाँ बजेट प्रस्तुत गरेको थियो।

    चालु खर्च ११ खर्ब ८३ अर्ब रूपैयाँ विनियोजन गरेकोमा १० खर्ब ४३ अर्ब मात्रै खर्च हुने अनुमान गरिएको छ। हालसम्म ८ खर्ब २३ अर्ब खर्च भएको छ। पुँजीगत खर्च ३ खर्ब ८० अर्ब रूपैयाँ विनियोजन गरिएकोमा २ खर्ब ५८ अर्ब रूपैयाँ मात्रै खर्च हुने संशोधित अनुमान गरिएको छ। हालसम्म एक खर्ब ३६ अर्ब रूपैयाँ मात्रै खर्च गरिएको छ। 

    वित्तीय व्यवस्थापन खर्च दुई खर्ब ३० अर्ब रूपैयाँ विनियोजन गरिएकोमा २ खर्ब ३ अर्ब रूपैयाँ मात्रै खर्च हुने अनुमान गरिएको छ। हालसम्म एक खर्ब ४१ अर्ब रूपैयाँ खर्च भएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, जेठ १५ २०८००५:२६:०२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology