Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

लुम्बिनी केबलकार : जेठ २५ गते औपचारिक रुपमा प्रधानमन्त्रीबाट उद्घाटन हुने

लुम्बिनी केबलकार : जेठ २५ गते औपचारिक रुपमा प्रधानमन्त्रीबाट उद्घाटन हुने

  • 1.2K
    SHARES

  • लुम्बिनी केबलकार : जेठ २५ गते औपचारिक रुपमा प्रधानमन्त्रीबाट उद्घाटन हुने

    बुटवल,जेठ १४ ।

    बुटवलमा बनेको लुम्बिनी केबलकार जेठ १५ सोमबारदेखि व्यवसायिकरुपमा सञ्चालन हुने भएको छ । 

    आइतबार पत्रकार सम्मेलनमा लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले सोमबारदेखि आम सर्वसाधारण चढ्न पाउने गरी व्यवसायिक सञ्चालनमा आउने र जेठ २५ गते औपचारिक रुपमा प्रधानमन्त्रीबाट उद्घाटन गर्ने बताए । 

    २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले केबलकारको संयुक्त उद्घाटन गरेका थिए । 

    बुटवलको वडा नं ३ मा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ बसन्तपुरमा टपस्टेशन रहेको केबलकारले यीदुबै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा २५  प्रतिशत छुट दिने घोषणासमेत गरेको छ । स्थानीयको साथ र सहयोगले केबुलकार छिटै सञ्चालनमा ल्याउन सफल भएकाले स्थानीयको पनि अपनत्व महसुस गराउन टिकट शुल्कमा छुट गरिएको अध्यक्ष ढकालले बताए । 

    स्थानीय लक्ष्मण गौतम, तेजप्रसाद विश्वकर्मा लगायतले अघि सारेको केबलकार आयोजनामा स्थानीयकै आग्रहमा आईएमई ग्रुप सहभागी भएर शिलान्यास गरेको तीनवर्षभित्रै सञ्चालनमा आउनु महत्त्वपूर्ण उपलब्धिको रुपमा लिइएको छ । 

    प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाका लागि छुट्टाएको छ । केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने भएकाले केबलकार सञ्चालनले प्रदेशको राजधानी दाङ सर्दा रुपन्देहीको व्यापार व्यवसायमा परेको असरलाई पूर्ति गर्ने र रुपन्देही फेरि गुल्जार हुने अध्यक्ष ढकालले बताए । 

    बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा रहेको छ । बटम स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमापुग्न सकिन्छ ।

    २।६ किलोमिटर दुरीको लुम्बिनी केबलकारमा संसारकै राम्रो मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला यात्रु बोक्ने डिब्बा रहेको आयोजना प्रमुखगोकुल साउदले बताए । 

    केबलकार आयोजनाको कुललागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानीभएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र ननभेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने बालउद्यान, स्काई जीपलाइन निर्माणको क्रममा छ ।

    केबलकार सञ्चालनमा आएसँगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेललगायत संरचना निर्माण हुने साउदले बताए । बुटवलमा अर्को सिद्धार्थ केबलकार पनि  निर्माण काम धमाधम अगाडि बढाइएको छ ।  सिद्धार्थ पनि अव तीन महिनाभित्र सञ्चालनमा आउने भएपछि यहाँ दुईवटा केबलकार सञ्चालन हुनेछन् ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, जेठ १४ २०८००९:५२:०३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology