Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बढ्दो करको दर र खुल्ला सीमाले मदिरा ब्यवसायी मारमा

बढ्दो करको दर र खुल्ला सीमाले मदिरा ब्यवसायी मारमा

  • 2.2K
    SHARES

  • बढ्दो करको दर र खुल्ला सीमाले  मदिरा ब्यवसायी मारमा

    बुटवल,बैसाख १६ ।

    प्रत्येक वर्ष बढ्ने अन्तशुल्क र खुला सीमाका कारण अबैध मदिरा भित्रिदा वास्तविक ब्यवसायी मारमा परेको गुनासाे गरिएको छ । मदिरा कर नीतिमा अन्तशुल्क बढाए ब्यवसाय पलायन हुने अवस्था आउने उनीहरुको गुनासाे छ ।

    मदिरा ब्यवसायी संघ रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा मदिरा कर नीति सन्दर्भमा अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले प्रत्येक वर्ष अन्तशुल्क बढ्ने र अर्को तर्फ खुला सिमाका कारण अबैध मदिरा भित्रिदा समस्यामा परेको बताए। कार्यक्रममा महासंघका केन्द्रिय सदस्य हरि बहादुर भण्डारीले मदिराको ब्राण्ड भ्यालु छुट्याउनुपर्ने बताए।

    विश्वब्यापी नै ७० युपिए अबैध मदिरा हुने भएपनि यस्ता मदिरालाई सरकारबाट आवश्यक रोकथाममा नगरिएको दुखेसो गरे। कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण प्रसाद नेपालले कुल राजश्वमा २५ प्रतिशत योगदान दिदै आएका मदिरा ब्यवसायीहरुप्रति सरकार अनुदार रहेको उनले दुखेसो गरे।

    मदिरा ब्यवसायबाट ५० प्रतिशतभन्दा बढि कर उठ्न नसकेको वर्तमान अवस्थामा सृजना भएको छ। मदिरा संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गिरिराज पौडेल, संघका द्घितिय उपाध्यक्ष बाबुराम ज्ञवालीले सरकारबाट अधिकतम मूल्य बढाएर नभई अधिकतम विक्रि बढाउनुपर्ने सुझाव दिए।

    संघका अध्यक्ष कृष्ण गौतमले सरकारले करमा मात्रै ध्यान दिएकाले मदिरा व्यवसायी पलायन हुनु पर्ने अवस्था आएकोमा दुखेसो व्यक्त गरे । यस्तै वरिष्ठ उपाध्यक्ष हिमाल भुषालले सरकारले व्यवसायलाइ कर्के नजरले हेरेका कारण पनि समस्या आई परेको बताए ।

    महासंघका केन्द्रिय सदस्य सन्देश कक्षपति, लुम्बिनी प्रदेशका अध्यक्ष शम्भुप्रसाद भट्टराई, संघका पुर्व महासचिव प्रितम गिरिले सरकारले प्रत्येक वर्ष कर नीतिको मुल्य बढाउदा स्वदेशी ब्यवसायीहरु ठूलो मारमा परेको बताए।

    केन्द्रीय सदस्य रमेश बेल्बासे, कार्यक्रममा संघका महासचिव किशोर पन्थीले सिमा क्षेत्रबाट भित्रने मदिरा रोक्न पटकपटक अनुरोध गरिदा पनि यसमा सरकारको चासो नदेखिएको उनले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology