Logo बिहिवार, आश्विन १ गते २०८३
images

विदेशी मुद्रा सटहीका लागि राष्ट्र बैंक र लुम्बिनीमा विकास कोषविच सम्झौता

विदेशी मुद्रा सटहीका लागि राष्ट्र बैंक र लुम्बिनीमा विकास कोषविच सम्झौता

  • 1.1K
    SHARES

  • विदेशी मुद्रा सटहीका लागि राष्ट्र बैंक र लुम्बिनीमा विकास कोषविच सम्झौता

    लुम्बिनी,चैत्र २३ ।

    लुम्बिनीमा दानवापत संकलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषविच सम्झौता भएको छ ।

    बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्ति प्रसाद पाण्डे विच लुम्बिनीमा सटही हुन नसकेका विभिन्न २० वटा देशका विदेशी मुद्रा सटही गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    राष्ट्र बैंकको परिवत्र्य सूचीमा नपरेका देशका मुद्रा सटहीका लागि एजेन्सी बैंक सिआईएमबि बैंक सिंगापुर पठाउने गरि दुवै पक्षविच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।  नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले भेटी र दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन सकेको थिएन । दुवै पक्षविच सम्झौतापत्रमा हस्ताक्षर भएसँगै लामो समयदेखि सटही नभएका दानवापतको मुद्रा सटही प्रक्रियामा गएको छ ।

    लुम्बिनी भ्रमणमा आएका पर्यटकले चढाएको दानवापतको रकम राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेकै कारण सटही हुन नसकेको र आफुहरुको पटक पटकको प्रयासपछि सटही हुने अवस्था आएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताउनुभयो । उहाले १ सय १ देशबाट आएका विदेशी पर्यटकले मायादेवी मन्दिरमा दानवापत आफ्नो देशको मुद्रा चढाएको र त्यसमध्ये राष्ट्र बैंकको परिवत्र्य सूचीमा नभएका २० वटा देशको मुद्रा सटही गर्ने गरि सम्झौता हुनु ठूलो उपलब्धी भएको बताउनुभयो ।

    पहिलो चरणमा एक हप्ताभित्र श्रीलंका, म्यानमार, भियतनाम, कम्बोडिया, बंगलादेश, इन्डोनेशिया, ओमन, रुस लगायतका २० देशका करिव ७४ लाख नेपाली रुपैयाँ सटही हुने कोषले जनाएको छ । परिवत्र्य विदेशी मुद्राको सूचीमा नरहेका देशको मुद्रा भएकाले सटहीमा समस्या देखिएको र अब सटहीका लागि औपचारीक रुपमा सम्झौता भएर प्रक्रिया अघि बढाइएको राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उपनिर्देशक जीवन प्रकाश पाण्डेले बताउनुभयो । कोषबाट आउने मुद्रालाई केन्द्रीय कार्यालय हुँदै राष्ट्र बैंकको सिंगापुर स्थित ऐजेन्सी बैंकमा मुद्रा सटहीका लागि पठाइने बताउनुभयो ।

    राष्ट्र बैंकले च्यातिएका, बढी केरमेट भएका र रङ लागेका, टालेका, झुत्रो भएका नोट भने सटहीमा समस्या हुने भएकाले त्यस्ता नोट नसाटिएमा कोष नै जिम्मेवार हुनुपर्ने सम्झौतापत्रमा लेखिएको छ । अमेरिकी डलरमा सटही प्रदान गर्ने भएता पनि  अमेरिकी डलर बराबरको नेपाली  रुपैयाँ कोषलाई भुक्तानी गरिने सम्झौतामा भनिएको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology