Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

डीडीसीद्वारा दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि

डीडीसीद्वारा दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि

  • 1.2K
    SHARES

  • डीडीसीद्वारा दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि

    काठमाडाैँ,चैत १  । 

    सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले बताए । बढेको दूधको मूल्य बिहीबारदेखि लागू हुने उनले बताए ।

    अब डीडीसीको दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरिएको झाले बताए । यस्तै सरकारले यस अघि वृद्धि गरेको दूधको किसान मूल्य पनि बुधबार १ चैतदेखि लागू गर्ने निर्णय गरिएको उनले बताए ।संस्थान बोर्ड बैठकले मन्त्रालयको सिफारिसमा दूधको मूल्य ११ रुपैयाँले वृद्धि गर्ने निर्णय भएको र बढेको दूधको उपभोक्ता मूल्य बिहीबारदेखि लागू हुनेछ भने किसान मूल्य आजैदेखि कार्यान्वयनमा आउने निर्णय गरिएको छ महाप्रवन्धक झाले बताए ।

    दही, पनिर लगायतका दुग्ध पदार्थको मूल्य भने केही दिनमा तय गरिने छ ।गत १९ फागुनमा सरकारले किसानले पाउने दूधको मूल्य बढाउने निर्णय गरेको थियो ।

    ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पु¥याएको थियो । त्यसको एक सातापछि २५ फागुनमा निजी क्षेत्रका डेरी उद्योगहरुले दूध तथा दुग्ध पदार्थको मूल्य वृद्धि गरेका थिए । निजी डेरीहरुले दूधको मूल्य लिटरमा १४ रुपैयाँले बढाएका थिए भने दुग्धजन्य पदार्थको मूल्य लिटरमा २ सय रुपैयाँसम्मले बढेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology