Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

पाँचौ सैनामैना राष्ट्रिय सैनामैना महोत्सव सुरु

पाँचौ सैनामैना राष्ट्रिय सैनामैना महोत्सव सुरु

  • 1.0K
    SHARES

  • पाँचौ सैनामैना राष्ट्रिय सैनामैना महोत्सव सुरु

    सैनामैना ,फागुन १७ ।

    रुपन्देहीको सैनामैना नगरपालिकामा पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु भएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सैनामैना २ कालिकाचोकमा वुधवारदेखि सैनामैना महोत्सव सुरु भएको हो ।फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने मेलाको लुम्विनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले एक समारोहकाबिच समुद्घाटन गर्नुभयो ।  

    समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य भूमिश्वर ढकालले  नगरमा आयोजित यस मेलाले सैनामैनाको विकासलाई देशव्यापी रुपमा परिचित गराउन सफल भएको बताउनुभयो ।

    उहाँले मेलाले नगरमा रहेका धार्मिक एवम् पर्यटकीय स्थल, कला र संस्कृतिहरुको पहिचान एवम् यहाँ रहेका सबै सामाजिक संघ संस्थाहरुको बिचको एकतालाई अझै मजबुत बनाउने बताउनुभयो । ढकालले सैनामैना आधुनिक नगरको रुपमा विकसित भइरहेको पालिका रहेको बताउँदै मेलाले विकासका लागि एक कोसेढुङ्गा साबित गर्ने विश्वास लिएको समेत उल्लेख गर्नुभयो । 

    देश आर्थिक रुपमा अप्ठ्यारो परिस्थितिमा रहेको र उद्योगी व्यापारीका सम्वन्धमा पनि भन्सार, कर लगायतका अनेकौ समस्या रहेकोमा यि समस्या समाधान गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने ढकालको भनाइ छ । साथै मेलामा कृषि उत्पादन, हस्तकला, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्नेमा ढकालले जोड दिनुभयो ।

    विशिष्ठ अतिथि सैनामैना नगरपालिका प्रमुख फणिन्द्र प्रसाद शर्माले मेलाले आर्थिक रुपमा  चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले मेलामा कृषिमा आधारित व्यापार पवद्र्धन गर्नुपर्नेमा जोड दिदैँ स्थानीय सरकार सहयोगका लागि सदैव साथमा रहेको बताउनुभयो ।

    महोत्सवमा १ लाख दर्शकले मेलाको अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलले बताउनुभयो । मेलामा करिब १ सय ५० स्टल रहेका छन् ।

    कार्यक्रममा नेपाल चेम्बर अफ कर्मस लुम्विनी प्रदेशका महासचिव जेपी कंडेल, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम खड्का लगायतले बोल्दै उद्योगी व्यवसीयहरु समस्यामा परेको गुनासो गर्नुभयो । यसको समाधानका लागि तिनै तहका सरकारको आवश्यकता रहेको औल्याउनुभयो ।

    समुद्घाटन समारोह महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलको अध्यक्षता, लुम्विनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य कमला विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागार्ई, सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्मा, सैनामैना उपप्रमुख विना राना, पूर्व नगरप्रमुख चित्र बहादुर कार्की, मेलाका मुख्य प्रायोजक पुनम गुप्र प्राइभेट लिमिटेडका चेयरपर्सन प्रदिप गौतमको विशिष्ठ आतिथ्यता एवम् संघका पूर्व अध्यक्ष दुर्गा गौतम, विज्ञापन संकलन उपसमिति संयोजक मिन प्रसाद पौडेल, वडा नंं ४ का वडाध्यक्ष रामप्रसाद अधिकारी लगायतको आतिथ्यतामा भएको हो ।

    महोत्सवमा संघका उपाध्यक्ष देवीदत्त सुवेदीको स्वागत तथा महासचिव हरिलाल न्यौपाने, परिचय पत्र व्यवस्थापन तथा पत्राचार वितरण उपसमिति संयोजक भिमलाल सुबेदीको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधी,  विभिन्न राजनीतिका दलका प्रमुख तथा प्रतिनिधी, अन्य सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, व्यापारी लगायतको सहभागिता रहेको थियो ।

    मेला प्रवेशका लागि टिकटको दर रु।७० र विद्यार्थीहरुका लागि परिचय पत्रका आधारमा रु५० कायम गरिएको छ । यस्तै जेष्ठ नागरिक, अपाङ्गता, असहाय भएका ब्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।  

    जनचेतनामुलक र्यालीमानेवाः देय् दबु, सैनामैना प्रथम :

    पाँचौ राष्ट्रिय सैनामैना महोत्सवमा जनचेतनामुलक र्याली निकालिएको छ । आजदेखि सुरु भएको मेलाको उद्घाटन समारोहको पूर्वसन्ध्यामा प्रचार प्रसारका लागि जनचेतनामुलक र्याली निकालिएको हो ।

    पूर्वबाट रानिबगिया र पश्चिमबाट मुर्गियादेखि विभिन्न संघसंस्था, टोल विकास संस्था, आमा समुह, क्लव, नेपाल मगर संघ, सैनामैना, ओम शान्ति, नेवाः देय् दबु, सैनामैना , क्षेत्री समाज, थारुको संस्कृति रहन सहन, पञ्चे बाजासहितको जनचेतनामुलक र्याली निकालिएको सैनामैना व्यापार संघले जनाएको छ ।

    सहभागि र्याली मध्ये नेवाः देय् दबु, सैनामैना प्रथम, क्षेत्री समाज, सैनामैना द्धितीय र नेपाल मगर संघ सैनामैना तृतिय भएको मूल्यांकन उपसमितिका संयोजक खुसीराम चौधरीले जानकारी दिनुभयो । उत्कृष्ट संस्थालाई एक कार्यक्रमकाबिच पुरस्कृत गरिनेछ । 

    भाेलि कलाकार रमेशराज भट्टराई आउने :

    वुधवारदेखि सुरु भएको पाँचौ राष्ट्रिय सैनामैना महोत्सवमा बिहीवार चर्चित आधुनिक गायक रमेशराज भट्टराई आउने भएका छन् । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सञ्चालित मेलामा बेहुला बनाउँछु भन्थी बहुला बनाएर गईसहित दर्जनौ चचित गीतका गायककार रमेशराज भट्टराईले आफ्नो प्रस्तुति प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

    फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने मेलामा बिहीबार नै लोक तथा दोहोरी गायिका आशा बि।सी, गायकद्धय गोकुल न्यौपाने र राजेश भण्डारीको पनि प्रस्तुती रहने मेलाका साँस्कृतिक संयोजक चाम बहादुर क्षेत्रीले बताउनुभयो । अतिरिक्त क्रियाकलाप संयोजक चन्द्र प्रकाश वनका अनुसार बिहीबारदेखि नै सैनामैना डान्सिङ्ग आइडलको दोस्रो चरणको प्रस्तुति समेत रहनेछ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology