Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

 फलाम र फलामका उत्पादनको निर्यात व्यापार ४ सय प्रतिशतले बढ्यो

 फलाम र फलामका उत्पादनको निर्यात व्यापार ४ सय प्रतिशतले बढ्यो

  • 1.3K
    SHARES

  •  फलाम र फलामका उत्पादनको निर्यात व्यापार ४ सय प्रतिशतले बढ्यो

    बुटवल,फागुन १६ ।

    फलाम र फलामका उत्पादनको निर्यात व्यापार ४ सय प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको ७ महिनामा गत वर्षको सोही अवधिको तुलनामा फलाम तथा फलामका उत्पादनको निर्यातमा ४०२.५ प्रतिशतले बढेर ५ अर्ब ४६ करोड रुपैयाँ पुगेको व्यापार तथा निकासी प्रवर्धन केन्द्रले जनाएको छ ।

    समीक्षा अवधिमा गत वर्ष १ अर्ब ८ करोड रुपैयाँका फलामका उत्पादन निर्यात भएको थियो । गत वर्षभरमा पनि जम्मा ३ अर्ब ८७ करोड रुपैयाँका मात्र फलामका उत्पादन निर्यात भएको केन्द्रको तथ्यांकले देखाउँछ ।

    त्यस्तै अदुवाको निर्यात १६० प्रतिशतले बढेर ६६ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने तामा र तामाबाट बनेका सामानको निर्यात १७८ प्रतिशतले बढेर ४५ करोड छढ लाख नाघेको छ ।steels.jpg

    समीक्षा अवधिमा अलैँचीको निर्यात ८५ प्रतिशतले बढेर ४ अर्ब ८९ करोड, ऊनी गलैंचाको निर्यात २७ प्रतिशतले बढेर ६ अर्ब ४५ करोड र तयारी पोसाकको निर्यातमा १७.४ प्रतिशतले बढेर ४ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।steels.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology