Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

आकस्मिक सरकारी बिदामा बैंक तथा वित्तीय संस्था खुल्ने

आकस्मिक सरकारी बिदामा बैंक तथा वित्तीय संस्था खुल्ने

  • 3.9K
    SHARES

  • आकस्मिक सरकारी बिदामा बैंक तथा वित्तीय संस्था खुल्ने

    काठमाडौं,फागुन १२ ।

    सरकारले दिने आकस्मिक सरकारी बिदामा बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन ।राष्ट्र बैंकले दिएको विदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन बैंक खुला हुने भएको छ ।

    यस्तो विदाको समयमा वाणिज्य बैंक, विकास बैँक र फाइनान्स खुला गर्न राष्ट्र बैंकले क देखि ग वर्गका बैंक तथा वित्तीय संस्थालाई शुक्रबार एकीकृत निर्देशन जारी गरेको छ ।

    यस्तो बिदामा बिहान १० देखि दिउँसो साढे १ बजेसम्म बैंकिङ समय हुने भएको छ । यो अवधिमा नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएससहित सेवा सुचारु हुने भएको छ । यो समयमा रेमिट्यान्स झिक्ने तथा बचत तथा मुद्दती खातामा राख्न सकिने भएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology