Logo शनिवार, कार्तिक ८ गते २०८३
images

एकता सहकारीमा शेयर सदस्यलाई सहकारी शिक्षा तालिम

एकता सहकारीमा शेयर सदस्यलाई सहकारी शिक्षा तालिम

  • 897
    SHARES

  • एकता सहकारीमा शेयर सदस्यलाई सहकारी शिक्षा तालिम

    बुटवल,फागुन ९ ।

    बुटवलमा रहेको एकता वचत तथा ऋण सहकारी संस्थाले संस्थाका शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारी संस्थाले मंगलबार बुटवलमा कार्यक्रमको आयोजना गरी संस्थाकानयाँतथा पुराना शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको हो ।

    तालिममा प्रशिक्षण गर्दै लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालय सहकारी दर्ता अधिकारीको कार्यालयका रजिष्टार भिमप्रसाद तिवारीले कतिपय सहकारीका सञ्चालकहरुको गलत बुझाईका कारण यसको वास्तविक रुप नै विग्रिन थालेको बताउनु भयो ।

    उहाँले सहकारीमा अनुशासन र पारदर्शीताअपरिहार्य रहेको बताउँदै विधि र पद्धतीमा रहेका काम गरेका सहकारीमा कुनै प्रकारको समस्या नदेखिएको पनि बताउनु भयो । उहाँले अहिले दिनदिनै सहकारीका अनियमितता सम्बन्धि उजुरी आउन थालेको बताउँदै त्यस्ता समस्या आउन नदिनेगरी कामगर्न पनि सहकारीहरुलाई आग्रहगर्नुभयो । 

    संस्थाकीअध्यक्ष सावित्रा टण्डनले सहकारीका शेयर सदस्यहरुलाई सहकारी सम्बन्धित तालिम प्रदान गरेर सहकारीलाई पारदर्शी बनाउन र शेयर सदस्यहरुमा जागरुकता ल्याउनका लागि समय समयमा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । 
    संस्थाका उपाध्यक्ष लोकहरी पाण्डेको स्वागत तथा शिक्षा समितिकी संयोजक तारा गौतमको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका व्यवस्थापक नारायण सुवेदीले सहकारीका समग्र गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको सचिव विष्णुप्रसाद पौडेलले बताउनु भयो ।

    २०५४ सालमा स्थापना भएको उक्त सहकारीमा हाल २ हजार ६४ शेयर सदस्य छन् भने तालिम कार्यक्रममा करिव ३ सय जना सहभागि रहेको पनि सचिव पौडेलले बताउनु भयो ।

    ekata sahakari.jpg 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology