बुटवल,फागुन ८ ।
युथ थिंकर सोसाइटीले लुम्बिनी प्रदेशको बुटवलमा तीनदिने लुम्बिनी युनाइटेड नेशन्स सिमुलेसन कार्यक्रम सम्पन्न गरेको छ । फाउन्डर क्षितिज भट्टराईले युवाहरुका नयाँ नयाँ भिजन ,समय अनुसार परिवर्तन र संयुक्त राष्ट्रसंघीय कार्यक्रम अभ्यासले सहभागिलाइ निकै हौसला र सिकाइ थपेको बताए ।
समापन समाराेहमा लुम्बिनी प्रदेश युवा तथा खेलकुद परिषद सदस्य सचिव जयप्रकाश भट्टराई,एनप्याव्सन अध्यक्ष पुरुषोत्तम बस्याल,रोट्याक्टका डिआरआर नोमिनी बिक्रम क्षेत्री,वाइटीएस चितवनका अध्यक्ष सम्राट अर्याल,आयोजक कमिटी प्रमुख बरुण ज्ञवाली , कार्यक्रम अफिसर सपना भण्डारी,अनिशा खान लगायतले बोलेका थिए ।
क्रार्यक्रममा अतिथिहरु राखेर युवा तथा बिद्यार्थीहरुलाई बादबिवाद, अनुसन्धान, पब्लिक स्पिकिङ, साँस्कृतिक आदानप्रदान, अन्तराष्ट्रिय सम्बन्ध, पर्यटन, आन्तरिक बजार प्रबर्धन जस्ता सीप शेयर भएको आयोजक कमिटी प्रमुख बरुण ज्ञवालीले जानकारी दिए ।
युथ थिंकर सोसाइटीले इम्युनमा सहभागिताका लागि सातै प्रदेशमा कार्यक्रम गरिरहेको जनाएको छ । कार्यक्रम तीनदिनसम्म संचालन हुनेछ । कार्यक्रम अमेरिकी रातदुताबासको सहकार्यमा भएको हो ।
शुक्रबार एक कार्यक्रमका बिच युथ थिंकर सोसाइटीको तीनदिने कार्यक्रमको लुम्बनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु पन्थीले शुभारम्भ गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)