Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलमा लुम्बिनी युनाइटेड नेशन्स सिमुलेसन कार्यक्रम शुरु

बुटवलमा लुम्बिनी युनाइटेड नेशन्स सिमुलेसन कार्यक्रम शुरु

  • 4.6K
    SHARES

  • बुटवलमा लुम्बिनी युनाइटेड नेशन्स सिमुलेसन कार्यक्रम शुरु

    बुटवल ,फागुन ५ ।

    युथ थिंकर सोसाइटीले लुम्बिनी प्रदेशमा लुम्बिनी युनाइटेड नेशन्स सिमुलेसन कार्यक्रम शुरु गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच युथ थिंकर सोसाइटीको तीनदिने कार्यक्रमको लुम्बनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु पन्थीले शुभारम्भ गरे ।

    सो अबसरमा बोल्दै मन्त्री पन्थीले युवा भनेको उमेरसंग मात्रै जोडिएको बिषय नभएको भन्दै बिचार नै युवा भएको  बताए । उनले युवाहरुलाइ सिर्जनात्मक काममा लाग्न आग्रह गरे । सो अवसरमा फाउन्डर क्षितिज भट्टराईले युवाहरुका नयाँ नयाँ भिजन ,समय अनुसार परिवर्तन र संयुक्त राष्ट्रसंघीय कार्यक्रम अभ्यासले सहभागिलाइ निकै हौसला र सिकाइ थपेको बताए ।

    सो अबसरमा एलजिबिटिआइ क्युका  अभियान्ता आनिक राना मगर , फाउन्डर क्षितिज भट्टराई ,अमेरिकन कर्नर संयोजक दिपिका गिरी, युवा ब्यवसायि तथा सामाजिक अभियान्ता  मंगल भण्डारी,कार्यक्रम अफिसर सपना भण्डारी ,कार्यक्रम संयोजक बरुण ज्ञवाली लगायतले बोलेका थिए ।

    क्रार्यक्रममा बिभिन्न देशका डेलिगेट्सहरु राखेर युवा तथा बिद्यार्थीहरुलाई बादबिवाद, अनुसन्धान, पब्लिक स्पिकिङ, साँस्कृतिक आदानप्रदान, अन्तराष्ट्रिय सम्बन्ध, पर्यटन, आन्तरिक बजार प्रबर्धन जस्ता सीप शेयर गर्ने गरेको कार्यक्रम संयोजक बरुण ज्ञवालीले  जानकारी दिए ।

    युथ थिंकर सोसाइटीले इम्युनमा सहभागिताका लागि सातै प्रदेशमा कार्यक्रम गरिरहेको जनाएको छ  । कार्यक्रम तीनदिनसम्म संचालन हुनेछ । कार्यक्रम अमेरिकी रातदुताबासको सहकार्यमा भएको हाे । simuu.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology