Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा कृषि मेला सम्पन्न,२५ हजारले गरे अवलोकन

बुटवलमा कृषि मेला सम्पन्न,२५ हजारले गरे अवलोकन

  • 1.2K
    SHARES

  • बुटवलमा कृषि मेला सम्पन्न,२५ हजारले गरे अवलोकन

    बुटवल,फागुन ६ ।

    फागुन २ गतेदेखि बुटवलमा सञ्चालन भएको कृषि मेला शनिवार सकिएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरेको पाँच दिने कृषि मेलाको २५ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । 

    मेलाभित्र २० लाखको कारोबार भएको सङ्घका अध्यक्ष तथा मेला संयोजक उज्ज्वलप्रसाद कसजूले जानकारी दिनुभयो । मेलाको समापन गर्दै लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्माले किसानका समस्या समाधान गर्ने बताउनुभयो । 

    कृषिको विकासविना मुलुकको आर्थिक विकास सम्भव नभएको बताउँदै उहाँले किसानका समस्या समाधान गरेर मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने गरी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    त्यस्तै, बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले मुलुकको आर्थिक विकासका लागि कृषिको विकास अपरिहार्य रहेको बताउनुभयो । कृषि विकासका लागि नगरपालिकाले ठूलो योजना बनाएको बताउँदै उक्त योजना पूरा गर्न सबैको साथ र सहयोगको लागि आग्रह गर्नुभयो । 

    मेलाको समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य जमशेर अलि मिया, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका निमित्त प्रमुख रामप्रसाद पाण्डे, सङ्घका पूर्व अध्यक्ष कुशप्रसाद मल्ली, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, कपिलवस्तु उद्योग वाणिज्य सङ्घका अध्यक्ष दोलकराम घिमिरे, सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, सहभागी स्टल भैरव च्याउका सञ्चालक केशव कार्की, लुम्बिनी फलफूल व्यवसायी सङ्घका अध्यक्ष बाबुराम न्यौपाने लगायतले धारणा राख्नुभयो ।agro.jpg

    पाँच दिनसम्म सञ्चालन भएको मेलामा प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवासम्बन्धी जानकारीमूलक र पोर्क पेष्टिवल समेत गरिएको थियो । मेलामा ५० स्टल समावेश गरिएको सङ्घका महासचिव विमलराज भट्टराईले बताउनुभयो । 

    कृषिका अत्याधुनिक प्रविधितर्फ धान रोप्ने मेसिन, बाली काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिचाई प्रविधि, हाईड्रोपोनिक्स, मौरीपालन, जैविक मललगायतको प्रदर्शनी गरिएको थियो । 

    गुप्ता नर्सरी सर्वोत्कृष्ट :gupta nur.jpeg

    कृषि मेलामा गुप्ता नर्सरी सर्वोत्कृष्ट भएको छ । स्टलतर्फ तिलोत्तमा ४ रुपन्देहीको गुप्ता नर्सरी सर्बोत्कृष्ट भएको छ भने मनमित श्री ट्रेडिङ भैरहवा प्रथम, जैविक कफि तथा मसला प्रशोधन उद्योग ठूला पोखरा अर्घाखाँची द्वितीय, जलदेवी मत्स्य उत्पादन सहकारी सियारी रुपन्देही तृतीय, बुटवल कृषि प्रशोधन उद्योग बुटवल सान्त्वना र चाईनिज बार्बीक्यू रेष्टुरेन्ट बुटवलले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।

    त्यस्तै प्रविधि तर्फ नेचुरल दुना टपरी बुटवल प्रथम, भैरव च्याउ उद्योग पाल्पा द्वितीय, लुम्बिनी च्याउ भण्डार रुपन्देही तृतीय र संघर्ष कृषि तथा पशुपंक्षी फार्म देवदह सान्त्वना भए । त्यस्तै बालि तर्फ उपेन्द्र बहादुर शाही बाणगंगा कफिलबस्तु प्रथम, प्रेमबहादुर पाण्डे बाणगंगा कपिलबस्तु द्वितीय, रोषनबहादुर थापा सिद्धार्थनगर रुपन्देही तृतीय र पाण्डे ब्रदर्श एग्रो फार्म देवदह रुपन्देही सान्त्वना भएको मुल्यांकन तथा पुनरावलोकन समितिका संयोजक संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology