Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

वामी नमुना समाजद्वारा दुबै मिर्गौला पिडित केसीलाई २ लाख ८९ हजारको चेक हस्तान्तरण

वामी नमुना समाजद्वारा दुबै मिर्गौला पिडित केसीलाई २ लाख ८९ हजारको चेक हस्तान्तरण

  • 1.2K
    SHARES

  • वामी नमुना समाजद्वारा दुबै मिर्गौला पिडित केसीलाई २ लाख ८९ हजारको चेक हस्तान्तरण

    बुटवल,माघ २३ ।

    वामी नमुना समाज मुसिकाेट ७ (साबिक ९) गुल्मीले आर्थिक सहयाेग गरेकाे छ  । जापानमा रहेकाे संस्थाले देश बिदेशबाट सहयोग गरेकाे हाे ।

    गत असाेजदेखि दुबै मृगौलाले काम नगरेकी र हाल सिद्धबाबा हस्पिटलमा डाईलाइसिस गराइरहेकी मुसिकाेट १ गुल्मी घर भएकी ४६ बर्षिय हिरादेवि केसीलाइ सहयाेग प्रदान गरिएकाे हाे ।

    साेमबार बुटवल सुख्खानगर माइतीमा बसिरहेकी उनलाइ लेख रायमाझी ,आमा तेजकुमारी रायमाझी ,अर्जुन रायमाझी सल्लाहकार ,लिलाधर खराद,बेदप्रसाद खराल,थानेश्वर खरा,अमर खराल,चन्द्रा खराल,खेमराज खरेल,रमकला खराल,खगिसरा खराल,कालिका रायमाझी ,सत्य राममाझी,श्रीमान गणेश केसीकाे उपस्थितिमा २लाख ८९ हजारको चेक हस्तान्तरण गरिएको हो ।

     उनी अहिले उपचारका लागि बुटवल माइतिमा बसिरहेकी छन् । उनले हप्ताको २ पटक डाईलाईसिस गराईरहेको र आर्थिक अभाव भएकाले उपचारमा समस्या भैरहेको नागरिक अनलाइनलाइ बताइन् ।

    उनलाइ सहयाेग गर्न चाहनेले हिराकाे साइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा रहकाे खाता न.००९००५०००४४०९१०००००१ मा सहयाेग गरिदिन उनीहरुकाे अपील छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology