Logo बिहिवार, आश्विन १ गते २०८३
images

बागलुङको भानु माविलाई १ करोड,५० लाख भन्दा बढीको आर्थिक सहयोग

बागलुङको भानु माविलाई १ करोड,५० लाख भन्दा बढीको आर्थिक सहयोग

  • 1.1K
    SHARES

  • बागलुङको भानु माविलाई  १ करोड,५० लाख भन्दा बढीको आर्थिक सहयोग

    बागलुङ,माघ २० ।

    बागलुङ बडिगाडको भानु माध्यमिक विद्यालयमा दिनप्रतिदिन आर्थिक सहयोग संकलन थपिदै गएको छ ।

    बडिगाड गाँउपालिका ५ग्वालिचौर टारी,स्थित रहेको भानु माध्यमिक विद्यालयको हिरक महोत्सवको अवसरमा हालसम्म विभिन्न व्यक्तिहरुबाट विद्यालयलाई करिव १ करोड,५० लाख भन्दा बढीको चन्दा संकलन भएको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक  केशव खरेलले जानकारी दिनुभयो ।

    “गुणस्तरीय सुविधायुक्त प्राविधिक शिक्षाका लागि पूर्वाधार हिरक जन्मोत्सव विशेष अवसर र आधार”भन्ने मुल नारा सहित यहि माघ २२–२८ गतेसम्म विद्यालयमा हिरक महोत्सव गर्न लागिएको विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो ।विद्यालयमा प्राविधिक शिक्षा,छात्राबासको सुविधा,निःशुल्क शिक्षालाई पूर्ण कार्यान्वयन,विद्यालयमा बस सेवा सञ्चालन गर्ने उद्देश्य रहेको हिरक महोत्सव मुल समारोह समिति अध्यक्ष अर्जुन प्रसाद खरेलले जानकारी दिनुभयो ।

    साथै हिरक महोत्सवको अवसरमा शैक्षिक,खेलकुद तथा साँस्कृतिक कार्यक्रम हिरक महोत्सव स्मारक स्तम्भ स्थापना लगायतका कार्यक्रमहरु सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक खरेलले जानकारी दिनुभयो ।२०१९ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १–१२ सम्मका कक्षाहरु सञ्चालन हुदै आइरहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology