Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

अन्तर बैंक एटीएम प्रयोगको शुल्क घट्यो , क्युआर भुक्तानीको सीमा बढ्यो

अन्तर बैंक एटीएम प्रयोगको शुल्क घट्यो , क्युआर भुक्तानीको सीमा बढ्यो

  • 975
    SHARES

  • अन्तर बैंक एटीएम प्रयोगको शुल्क घट्यो , क्युआर भुक्तानीको सीमा बढ्यो

    बुटवल, माघ १८ ।

    मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक कारोबार गर्न पाइने रकमको सीमा बढेको छ ।

    नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने सुविधा कायम गरेको छ । यसअघि दैनिक २ लाख रुपैयाँसम्मको मात्रै सीमा थियो ।

    यसैगरी वालेटबाट बैंक खातामा वा बैंक खाताबाट वालेटमा कारोबार गर्न पाइने रकमको सीमा पनि बढेको छ । अब वालेटबाट बैंक खातामा वा बैंक खाताबाट वालेटमा दैनिक २ लाख रुपैयाँसम्म कारोबार (ट्रान्सफर) गर्न सकिनेछ । यसअघि यस्तो सीमा जम्मा १ लाख रुपैयाँसम्म थियो । यस्तो कारोबार प्रतिमहिनाका लागि भने पुरानै सीमा १० लाख कायम गरिएको छ ।

    एक वालेटबाट अर्को वालेटमा कारोबार गर्न सकिने रकमको सीमा भने घटाइएको छ । वालेट–वालेट कारोबार यसअघि दैनिक १ लाख रुपैयाँ रहेकोमा अब ५० हजार कायम गरिएको छ । वालेटमा अधिकतम ५० हजार रुपैयाँसम्म मात्रै रकम राख्न पाइने व्यवस्था छ । भुक्तानी सेवा प्रदायक संस्थाले रेमिट्यान्स कम्पनीसँग सम्झौता गरी विदेशबाट आउने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिट्यान्स भित्र्याउन सक्नेछन् ।

    वालेटमार्फत गरिने राजस्व भुक्तानीको सेवा शुल्क पनि केही घटाइएको छ । अब ५ हजारसम्मको यस्तो कारोबारमा ५ रुपैयाँ, ५ देखि १० हजारसम्म कारोबारमा ८ रुपैयाँ र १० हजारमाथिको कारोबारमा १० रुपैयाँ सेवा शुल्क कायम गरिएको छ । यसअघि यस्तो शुल्क ५ देखि २० रुपैयाँसम्म थियो ।

    यस्तै एजेन्टमार्फत वालेटमा ५ हजारसम्म रकम लोड गर्न र झिक्दा ५ रुपैयाँ शुल्क काटिनेछ । ५ देखि १५ हजारसम्मका लागि १५ रुपैयाँ तथा १५ देखि २५ हजार रुपैयाँसम्मका लागि २५ रुपैयाँ शुल्क लाग्ने छ । वालेटबाट बैंकमा रकमान्तर गर्न १० रुपैयाँ शुल्क लाग्ने ब्यवस्था गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology