बुटवल,पुस ३० ।
कुसुम बहुउद्देश्यीय सहकारी संस्था लि पाल्पाको प्रथम बार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएको छ ।
सहकारीका उपाध्यक्ष जगतशेखर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य चिन्तामणि पाण्डेले सहकारीको योगदान प्रशंसनीय भएको बताए । सहकारीलाइ विश्वसनीय बनाउनुपर्ने भन्दै उनले केही सहकारीले जथाभावी ऋण दिदाँ बजार बिग्रिएको धारणा राखे।
सो अबसरमा असल ऋणि,बचतकर्ता,शेयरसदस्य,धेरै शेयर सदस्य बनाउने , कोषाध्यक्ष रबि सुवेदी,ब्यबस्थापक बिजय ढकाल,सचिब बुद्धि सागर शर्मा,होटल ब्यबसायी महासंघ केन्द्रीय अध्यक्ष हिराध्वज शाह,पत्रकार बिश्वास ढकाल,संचालन सदस्य बिनोद ढकाल,पर्शुराम ढकाल लगायतले बोलेका थिए ।
४ करोड २८ लाख १९ हजार कुल पुजी रहेको सहकारीमा ८०३ जना शेयर सदस्य रहेका छन् ।सहकारीले बुटवल दीपगरमा पनि शाखा कार्यालय संचालन गरेको छ । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)