Logo शनिवार, कार्तिक ८ गते २०८३
images

नमन बहुउद्देश्यीय सहकारीको प्रथम वार्षिक साधारणसभा सम्पन्न

नमन बहुउद्देश्यीय सहकारीको प्रथम वार्षिक साधारणसभा सम्पन्न

  • 2.4K
    SHARES

  • नमन बहुउद्देश्यीय सहकारीको प्रथम वार्षिक साधारणसभा सम्पन्न

    बुटवल,पुस २७ ।

    नमन बहुउद्देश्यीय  सहकारी संस्था लिमिटेड बुटवल ९ तिनकुनेको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष प्रकाश  खनालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैकका बुटवल शाखा  प्रमुख नारायण बेल्बासेको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलबासेले सहकारी सेयर सदस्यको आर्थिक मेरुदण्डको रुपमा रहेकोले सदस्यको वृद्धि विकासमा यसले सहयोग गर्ने बताए ।

    सहकारीका अध्यक्ष प्रकाश खनालले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष दिपक आचार्यको आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक प्रदिप भट्टराई  लेखासमितिको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

    कार्यक्रममा विशिष्ट अतिथि नवीन औद्योगिक  कदर बहादुर रिता मा बिका प्राचार्य प्रेमबहादुर बस्नेत ,नमन  सहकारीका सल्लाहकार  सफर मिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    साे अवसरमा विभिन्न  कार्यगरे बापत  शेयर सदस्य तथा कर्मचारीलाई पनि सम्मान  गरिएको थियो। उक्त कार्यक्रम सहकारीका उपाध्यक्ष  केशब पोखरेलको स्वागत र  रुपचन्द्र सारुको सञ्चालनमा भएको थियो  । यसैबिच नविनका बिद्यार्थीहरुलाइ न्यानाे कपडा बितरण गरिएको छ ।

    kapada.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology