Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

प्रतिलिटर १४ रुपैयाँ बढेको दूधको मूल्य फिर्ता,पुरानै कायम

प्रतिलिटर १४ रुपैयाँ बढेको दूधको मूल्य फिर्ता,पुरानै कायम

  • 1.3K
    SHARES

  • प्रतिलिटर १४ रुपैयाँ बढेको दूधको मूल्य फिर्ता,पुरानै कायम

    बुटवल,पुस १८ ।

    केही निजी डेरी उद्योगीहरुले आफूखुशी बढाएको दूधको मूल्य फिर्ता भएको छ ।

    डेरी उद्योग सङ्घ र सङ्घमा आबद्ध डेरी उद्योगीले अस्ति शनिवारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको भाउ फिर्ता भएको हो । सरोकारवाला निकायसँग छलफल गरी बढेको मूल्य तत्काललाई स्थगित गरिएको राष्ट्रिय दुुग्ध विकास बोर्डले जनाएको छ ।

    राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले  हरेक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ ।  यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारिसमा मन्त्रिपरिषद्ले दूधको मूल्य तोकेको थियो । केही निजी डेरी उद्योगीले आफूखुशी मूल्य बढाएपछि चौतर्फी विरोध हुँदै आएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology