Logo बिहिवार, आश्विन १ गते २०८३
images

पहिलेकै कमिसनलाई निरन्तरता दिन र मुल्य समायोजन गर्न पेट्रोलियम व्यवसायीको माग

पहिलेकै कमिसनलाई निरन्तरता दिन र मुल्य समायोजन गर्न पेट्रोलियम व्यवसायीको माग

  • 948
    SHARES

  • पहिलेकै कमिसनलाई निरन्तरता दिन र मुल्य समायोजन गर्न पेट्रोलियम व्यवसायीको माग

    बुटवल,पुस १२ । 

    पेट्रोलियम पदार्थको खरिद विक्रिमा व्यवसायिलाई दिँदै आएको कमिसन निश्चित विन्दुबाट रोकिएको भन्दै त्यसलाई निरन्तरता दिन व्यवसायीहरुले नेपाल आयल निगमसंग माग गरेका छन् ।

    पेट्रोलियम व्यवसायीहरुलाई निगमले निश्चित प्रतिशत कमिसन उपलब्ध गराउँदै आएको थियो । तर पेट्रोलको मुल्य १५० बाट माथि लागेपछि उक्त कमिसन यथास्थितमा रहेको भन्दै बढेको मुल्यमा कार्यान्वयन गर्न माग गरेका हुन् ।

    पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनको शनिबार भैरहवामा भएको १७ औं साधारण सभा तथा आठौं अधिवेशनको उद्घाटन समारोहमा बोल्ने व्यवसायीहरुले व्यवसायीलाई दिँदै आएको कमिसनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 

    त्यस्तै उनीहरुले नेपालमा भन्दा छिमेकी मुलुक भारतमा पेट्रोलियम पदार्थको मुल्य सस्तो भएका कारण सिमावर्ती क्षेत्रका व्यवसायी मारमा परेको भन्दै मुल्य समायोजन गर्न सरकारसंग माग गरेका छन् । 

    खुला सिमा नाकाका कारण यहाँका उपभोक्ता उता गएर तेल भरेर आउने गरेका कारण यो समस्या आएको भन्दै यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? सरकारको ध्यान जानुपर्ने उनीहरुले बताए ।

    कार्यक्रममा बोल्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक ईञ्जिनियर उमेशकुमार थानीले व्यवसायीले माग गर्दै आएको कमिसनको निर्णयलाई सुधार गर्न तयार रहेको बताए । कार्यकारी निर्देशक थानीले नेपालमा पनि पेट्रोलियम पदार्थमा ईथाईल मिश्रणको लागि छलफल भईरहेको र त्यसको लागि अध्ययन समिति बनेको जानकारी गराए । उनका अनुसार छिमेकी मुलुक भारतमा पनि १० प्रतिशत मिसाउन पाउने प्रावधान छ । उनले आफूले व्यवसायमैत्री वातावरण बनाउन तयार रहेको बताउँदै त्यसमा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे । 

    त्यस्तैगरी नेपाल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले व्यवसायीलाई प्राप्त हुँदै आएको कमिसन १५० मा स्थगन भएको स्मरण गराउँदै त्यसलाई निरन्तरता दिन आग्रह गरे । उनले छिमेकी मुलुक भारतमा नेपालमा भन्दा सस्तो मुल्यमा पेट्रोलियम पदार्थ पाईदा सिमावर्ती व्यवसायी मारमा परेको भन्दै त्यसलाई व्यवस्थापन गर्न पनि आग्रह गरे । त्यस्तै उनले पेट्रोलियम व्यवसायलाई अग्नी बिमाको समेत प्रवन्ध मिलाईदिन आग्रह गरे । 

    नेपाल आयल निगम वितरण विभाग प्रमुख विरेन्द्र गोईत, नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले तेल घट्ने प्राविधिक कुरा भएको बताउँदै प्राविधिक कुरालाई धेरै नउचाल्न आग्रह गरे । 

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले व्यवसायीहरुले पुरा परिणाम तेल नपाएको गुनासो गर्दै निश्चित परिणामको लागि निश्चित मुल्य तिरिसकेपछि पुरा परिणाम पाउनु पर्नेमा जोड दिए । 

    नेपाल पेट्रोलियम डिलर्स एशोसियशनका महासचिव विश्वप्रसाद अर्यालले व्यवसाय सुधारको लागि व्यवसायीहरुले उधारोमा हुँदै आएको विक्रि वितरण र व्यवसायि विचको अस्वस्थ्य प्रतिस्पर्धा रोक्नु पर्ने भनाई राखे । 

    पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष प्रेम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा व्यवसायी वैजनाथ जयसवाल, एशोसियशनका पूर्व अध्यक्ष राजेन्द्र गुप्ता, पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल प्रेस युनियन रुपन्देहीकी अध्यक्ष रेखा भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology