Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पामा पाँच महिनामै राहदानीबाट साढे दुई करोड राजश्व

पाल्पामा पाँच महिनामै राहदानीबाट साढे दुई करोड राजश्व

  • 1.5K
    SHARES

  • पाल्पामा पाँच महिनामै राहदानीबाट साढे दुई करोड राजश्व

    पाल्पा,पुस ९ ।

    पाल्पाको जिल्ला प्रशासन कार्यालय चालु आर्थिक वर्षको ५ महिनामा राहदानी वितरणबाट साढे दुई करोड बढी राजस्व सङ्कलन गरेको हो । जिल्लाबाट राहदानी बनाउनेको सङ्ख्या पनि बढेको छ ।

    साउनदेखि मङ्सिर मसान्तसम्म चार हजार ५ सय ७९ राहदानी वितरण गर्दा दुई करोड ५४ लाख ५ हजार ५०० राजस्व सङ्कलन भएको राहदानी फाँटले जनाएको छ । सो अवधिमा एक हजार दुई सय १७ महिला र तीन हजार चार सय ६२ पुरुषले राहदानी लिएका छन् ।

    राहदानीको सिफारिसबाट उक्त राजस्व सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका अधिकृत यज्ञेश्वर पन्थीले जानकारी दिए । उनका अनुसार पाँच महिनाको अवधिमा चार हजार सात सय ५५ जनाको राहदानीका लागि सिफारिस भएको छ । यस्तै द्रुत सेवाका लागि दुई सय ७५ जना, नाबालक ४१ जना तथा हराएर पुनः बनाउन आवेदन दिने तीन सय ५२ जना रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

    नेपाल सरकारले पछिल्लो समय विद्युतीय राहदानी वितरणका लागि अनलाइन प्रणालीबाट राहदानी वितरण गर्ने गरेको छ । पाल्पामा पनि अनलाइन माध्यमबाट हुँदै आएको विद्युतीय राहदानी वितरणलाई सहज बनाउन कार्यालयमै फारम भरेर सेवा उपलब्ध गराइएको छ ।

    बाहिरबाट अनलाइन फारम भरेर राहदानी लिन सेवाग्राहीलाई सास्ती र चर्को शुल्क तिर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयमै टोकन लिएर राहदानी वितरणको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाकी सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology