बुटवल,पुस ६ ।
बुटवल मण्डपमा भाेलिदेखि शुरु हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को पूर्वसन्ध्यामा बुधवार बुटवलमा औद्योगिक जनचेतना र्याली निकालिएको हाे ।
प्रदर्शनीको पुर्व सन्ध्यामा आयोजना गरिएको औद्योगिक जनचेतना र्यालीमा विभिन्न संघसंस्था, आमा समूह, उद्योगी व्यवसायी लगायतले सहभागिता जनाएका थिए ।
¥यालीमा एक सयभन्दा वढी संघसंस्थाहरुको सहभागिता रहेको औद्योगिक जनचेतना ¥याली उपसमितिका संयोजक चन्द्रकान्त खनालले बताए । प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएर राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुदै पुनः प्रदर्शनीस्थलमा पुगेर र्याली समापन भएको हाे ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)