Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

नेपाल उद्योग तथा व्यवसायी महासंघको अपील : एमाले उम्मेदवारलाई मतदान गराैँ

नेपाल उद्योग तथा व्यवसायी महासंघको अपील : एमाले उम्मेदवारलाई मतदान गराैँ

  • 2.6K
    SHARES

  • नेपाल उद्योग तथा व्यवसायी महासंघको अपील : एमाले उम्मेदवारलाई मतदान गराैँ

    बुटवल, मंसिर १ ।

    यसक्षेत्रका उद्योगी व्यवसायीहरुले सार्वजनिक अपील जारी गर्दै नेकपा एमालेका पक्षमा मतदान गर्न आह्वान गरेका छन् । एमाले निकटको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघका तर्फबाट सार्वजनिक अपील जारी गर्दै एमाले उम्मेदवारका पक्षमा मतदान गर्न आह्वान गरिएको हो ।

    महासंघका केन्द्रीय सचिव बालाराम भट्टराई र लुम्बिनी प्रदेश अध्यक्ष माधव नेपालले बिहीबार संयुक्त अपिल जारी गर्दै समग्र औद्योगिक एवम् ब्यवसयिक हकहितको सम्बर्द्धन सङ्सङै  समृद्धि र सुखी जनताको राष्ट्रिय संकल्प लिएको र उक्त लक्ष्य हासिल गर्ने उपयुक्त कार्यक्रम समेत बनाएको एमालेका उम्मेदवरलाई मतदान गरी समृद्धिको अभियानमा योगदान गर्न आग्रह गरेका छन् । 

    ‘अहिले जुन अवस्थामा आम निर्वाचन भइरहेको छ देशको अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा छ । आर्थिक क्षेत्र नकारात्मक अवस्थाबाट गुज्रिरहेको अवस्था छ । अर्थतन्त्र जोगाउने, लगानीको वातावरण बनाउने, रोजगारी सृजना गर्ने र ग्रामीण रोजगार वृद्धि गर्नेतर्फ अहिलेको सरकारले कुनै योजना सार्वजनिक गरेको हामीले पाएका छैनौं’ अपिलमा भनिएको छ ।

    सरकार राष्ट्र बैंकसहितको गलत आर्थिक नीतिका कारण बैंकको ब्याज अत्यधिक बढेको छ, तरलता अभावले गर्दा बैंकहरूसँग लगानीयोग्य रकम नभएको र त्यसको प्रत्यक्ष मारमा उद्योगी, व्यवसायी र समग्र निजी क्षेत्र परिरहेको महासंघको अपीलमा उल्लेख छ । गठबन्धन सरकारको गलत आर्थिक नीतिले गर्दा महँगी झन्डै दोब्बर बढेको छ । महँगीको मारले आम नागरिक आक्रान्त भएको दयनीय अवस्था सिर्जना भएको बताइएको छ ।

    ‘देश विकासको ढाँचा र अर्थ व्यवस्था सही दिशातर्फ उन्मुख नभएको, अर्थतन्त्रमा दिनदिनै जोखिम बढिरहेको छ र यसलाई जोगाउने उपायको अबलम्बन हुन नसकिरहेको अवस्थामा चुनाव हुँदैछ ।’महासंघले भनेको छ–‘यो चुनावसंगै मुलुकलाई सही दिशामा डोरयाउनुपर्ने छ, संकटग्रस्त अवथामा रहेको अर्थतन्त्र जोगाउने उपाय खोज्नुपर्ने छ । चुनाबपछि आउने नेतृत्वले जोखिमपूर्ण अर्थतन्त्रलाई जोगाउने उपाय अबलम्बन गर्नुपर्ने छ ।’ यसका लागि आम मतदाताले देश विकासको प्रष्ट खाका बनाएको,  समृद्ध नेपाल सुखी जनताको राष्ट्रिय संकल्प लिएको राजनीतिक दल र उम्मेदवारलाई चुन्नुपर्ने महासंघको अपीलमा छ । सम्पूर्ण उद्योगी, व्यवसायीहरुमा यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध÷अपील गर्दछौं कि यो चुनावमा नेकपा एमालेका सूर्य ध्वजावाहक उम्मेदवारलाई मतदान गरी विजयी गराउनुहुन हार्दिक अपिल गर्दछौं ।’ अपीलमा उल्लेख छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology